साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजा छ बुढ्यौली

नरम खाना दुईसरो न्याना कमलो बिछौना । यति नै काफी सन्तोष लिए पर्दैन रिसाउन ॥ आँगन पिँढी बगैँचा घुम्यो शरीर तन्कायो । त्यैँ घुमीफिरी सोफामा बसी च्यानल घुमायो ॥

Nepal Telecom ad

भरत आचार्य :

डर थियो यौटै कटे’सी साठी बूढेसकालको ।
के गति होला शरीर मेरो यो हाडछालाको ॥

झर्नेछ केश चमक हुन्न पोटिला गालाको ।
झन् सुन्न गाह्रो कम्जोर आँत तेज घट्छ आँखाको ॥

संसारी चक्र बालपन हुँदै जवानी रहन्न ।
अवश्य आउँछ त्यो वृद्दावस्था सहन्छु सहन्न ॥

मनको बाघ डरलाग्दो थियो तर्सायो बेसरी ।
आनन्द रैछ बुढेसकाल भोग्दै छु राम्ररी ॥

घडीको सुई घुमे झैँ गरि दुई चक्र पार भो ।
बुढेसकाल सोचेझैं रैन्छ बल्ल पो थाह भो ॥

सहारा भए सन्ततिहरू झन् मजा आहा ! भो ।
सुम्पियो भार आनन्द रै’छ कहाँ हो कहाँ हो ॥

भुरा र भुरी छन् वरिपरि ब्याज हुन् मायाका ।
कहिले कथा कहिले व्यथा सुन्दिन्छन् बूढाका ॥

नरम खाना दुईसरो न्याना कमलो बिछौना ।
यति नै काफी सन्तोष लिए पर्दैन रिसाउन ॥

आँगन पिँढी बगैँचा घुम्यो शरीर तन्कायो ।
त्यैँ घुमीफिरी सोफामा बसी च्यानल घुमायो ॥

थोरै छ चिन्ता चिन्तन ज्यादा ठीकै छ ठट्यौली ॥
के गाह्रो छ र नमान्नू डर मजा छ बुढ्यौली ।

०००
पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौली गजल

बुढ्यौली गजल

भरत आचार्य
नाक

नाक

भरत आचार्य
उ बेला

उ बेला

भरत आचार्य
0
Would love your thoughts, please comment.x
()
x