सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मजा छ बुढ्यौली

नरम खाना दुईसरो न्याना कमलो बिछौना । यति नै काफी सन्तोष लिए पर्दैन रिसाउन ॥ आँगन पिँढी बगैँचा घुम्यो शरीर तन्कायो । त्यैँ घुमीफिरी सोफामा बसी च्यानल घुमायो ॥

Nepal Telecom ad

भरत आचार्य :

डर थियो यौटै कटे’सी साठी बूढेसकालको ।
के गति होला शरीर मेरो यो हाडछालाको ॥

झर्नेछ केश चमक हुन्न पोटिला गालाको ।
झन् सुन्न गाह्रो कम्जोर आँत तेज घट्छ आँखाको ॥

संसारी चक्र बालपन हुँदै जवानी रहन्न ।
अवश्य आउँछ त्यो वृद्दावस्था सहन्छु सहन्न ॥

मनको बाघ डरलाग्दो थियो तर्सायो बेसरी ।
आनन्द रैछ बुढेसकाल भोग्दै छु राम्ररी ॥

घडीको सुई घुमे झैँ गरि दुई चक्र पार भो ।
बुढेसकाल सोचेझैं रैन्छ बल्ल पो थाह भो ॥

सहारा भए सन्ततिहरू झन् मजा आहा ! भो ।
सुम्पियो भार आनन्द रै’छ कहाँ हो कहाँ हो ॥

भुरा र भुरी छन् वरिपरि ब्याज हुन् मायाका ।
कहिले कथा कहिले व्यथा सुन्दिन्छन् बूढाका ॥

नरम खाना दुईसरो न्याना कमलो बिछौना ।
यति नै काफी सन्तोष लिए पर्दैन रिसाउन ॥

आँगन पिँढी बगैँचा घुम्यो शरीर तन्कायो ।
त्यैँ घुमीफिरी सोफामा बसी च्यानल घुमायो ॥

थोरै छ चिन्ता चिन्तन ज्यादा ठीकै छ ठट्यौली ॥
के गाह्रो छ र नमान्नू डर मजा छ बुढ्यौली ।

०००
पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भो जीवनी बन्जर (६)

भो जीवनी बन्जर (६)

हेम अधिकारी
जब म बुढो हुनेछु…

जब म बुढो हुनेछु…

भावना न्याैपाने
वृद्ध चिन्तन -६

वृद्ध चिन्तन -६

राजेन्द्रकुमार बज्राचार्य
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी