साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झ्याप्प बत्ती गएपछि…

खाना खाएर आइछन् दुलही फेरि साथमा जाऊँ सुत्न भनी मैले समाएँ अनि हातमा । दुलही हैन पो रैछिन् साली रैछिन् हरे शिव हानिन् मुड्की टुटुल्कामै उज्यालो भो सबैतिर !

Nepal Telecom ad

भरत आचार्य :

बेलुका बेलुकाखेरि झ्याप्प बत्ती गयो पुनः
त्यस पश्चात् भयो के के सुन्नुहोस् आज सज्जन ।

पकाइछन् पियारीले मुन्टाभन्दा बढी जरा
बेसारको धुलो भन्दै खुर्सानी हालिछन् बरा ।
पिरो नास्न पिएँ पानी लिएर एक बोतल
तिलको तेल त्यो रैछ अँध्याराले गर्‍यो छल ।

जसरी तसरी भोक टार्नैपर्छ भनी अब
चाना फ्राई भनी खाँदा साङ्लो टोकेँछु वास्तव ।
दाँतमा अड्किए खुट्टा उल्टी होला जसै भयो
गरूँ के नगरूँ के म होस मेरो सबै गयो ।

बाथरूम पसेँ फेरि निकैबेर गरेँ ब्रश
अर्कैको ब्रश छानेँछु मेरो अर्कै थियो ब्रश ।
घिन लागेर चौपट्ट बसेँ थ्याच्चै त्यहीँ बरु
ओछ्यान सम्ममा पुग्ने शक्ति आएन के गरूँ ।

टेकेर पशुले जस्तै चारपाउ त्यतै बसेँ
बोली आएन त्यो वेला डङ्ग्रङ्ग भुइँमा खसेँ ।
प्रचण्डको टुटुल्को झैँ फल्यो आलु निधारमा
कहाँ टाँस्नु टिको मैले अर्को साल तिहारमा ।

खाना खाएर आइछन् दुलही फेरि साथमा
जाऊँ सुत्न भनी मैले समाएँ अनि हातमा ।
दुलही हैन पो रैछिन् साली रैछिन् हरे शिव
हानिन् मुड्की टुटुल्कामै उज्यालो भो सबैतिर !

०००
पाेखरा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

वाह !😄

Nepal Telecom ad
बुढ्यौली गजल

बुढ्यौली गजल

भरत आचार्य
नाक

नाक

भरत आचार्य
उ बेला

उ बेला

भरत आचार्य
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x