भरत आचार्यउ बेला
अँगार घोटी दतिवन भाँची दाँत सफा गरिन्थ्यो । पिना र रिठा आदिले न्वाइयो लुगा नि धोइन्थ्यो ॥ कसौंडी भित्र कोइला बाली आइरन लाइन्थ्यो । र जन्ती जाँदा टपरी तानी भतेर खाइन्थ्यो ॥

भरत आचार्य :
उ बेला हाम्रो पालाको कुरा पत्याउन्नन् भुराले ।
टाल्टुल गरि साल नै जान्थ्यो एकसरो लुगाले ॥
माटोको घर खरको छानो बीचमा अगेनो ।
चकटी गुन्द्री र पिर्का हुन्थे तानेर बसिन्थ्यो ॥
बालेर टुकी पढ्दथ्यौं हामी धनसार आटीमा ।
बाहिर पिल्पिल बलेका हुन्थे जुनकिरी रातीमा ॥
खेलका साधन गोटा र गुच्चा राखिन्थ्यो झोलामा ।
डण्डी र वियो र भाले जुधाई पौडिन्थ्यौं खोलामा ॥
साट्फेर गरि उपन्यास कमिक्स् पढिन्थ्यो लुकेर ।
दूरका साथी बन्दथे चिठ्ठी सायरी लेखेर ॥
रेडियो टेप दुर्लभ थिए सञ्चारका साधन ।
सारङ्गी रेट्दा गाइने दाइले गुञ्जिन्थ्यो आँगन ॥
अँगार घोटी दतिवन भाँची दाँत सफा गरिन्थ्यो ।
पिना र रिठा आदिले न्वाइयो लुगा नि धोइन्थ्यो ॥
कसौंडी भित्र कोइला बाली आइरन लाइन्थ्यो ।
र जन्ती जाँदा टपरी तानी भतेर खाइन्थ्यो ॥
धन्सार पिँढी कुनियो टौवा गोठमा सुतियो ।
झुम्राका पोका भकुण्डो बनाई खेलियो कुदियो ॥
आमा र बुबा गुरुको वचन ढुङ्गाकै अक्षर ।
मानियो सदा भै आज्ञाकारी ढोगियो देवल ॥
०००
पोखरा, कास्की






































सत्य गुरु भने भेटेका होइनौं ,सत्य गुरु हृदय निवासी ईश्वर रहेछन् ,मुक्ति दाता ।टपरे ऐरे गैरेलाई गुरु मान्ने कर्मकाण्डलाई धर्म मान्ने साेंचले धर्म धरापमा परेको रहेछ।