साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोइछिटो

म एकोहोरो भएर सुनिरहेको थिएँ, त्यसै समयमा लोहोरोले भन्यो, “हुन्देउ आमा ! यी मानिस आफै विभेदकारी हुन् । आफ्नै सजातीयलाई त छोइछिटो गर्छन् हामीलाई के बाँकी राखून् ?”

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

आज आफ्नै हातले पकाएर मिठो पारेर खाने सोचेर मसला पिस्न बाहिर निस्किएँ । सिलौटो दुखि मुद्रामा देखेर ठिङ्ग उभिएँ ।

“के भद्रो हेरेका । मनमोजी दल” सिलौटोले भन्यो । मसला त पिस्नै थियो । छेउमा बसेँ । टिठ लाग्दो हेराइले हेर्दै सिलौटोले भन्यो, “सँगैका साथीहरू खोलामा रमाएर बसेका छन्, आफूभने रातोदिन पिसिनु परेको छ ।”

मसला पिस्न मेरा हातै लागेनन् । सिलौटो भन्दै थियो, “तिमी मानिसहरू कसैलाई सालिग्राम भनेर पुज्छौ, कसैलाई सिलौटो बनाएर दल्छौ । आखिर हामी एकै आमाका सन्तान त हौँ नि” सिलौटोले मानिसले गरेको बिभेद प्रस्ट्याउन खोज्यो ।

म एकोहोरो भएर सुनिरहेको थिएँ, त्यसै समयमा लोहोरोले भन्यो, “हुन्देउ आमा ! यी मानिस आफै विभेदकारी हुन् । आफ्नै सजातीयलाई त छोइछिटो गर्छन् हामीलाई के बाँकी राखून् ?”

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x