साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडा बाख्रा

मिलाउछन् गला कैले कैले मुक्का हान्छन् स्वार्थ मिले सँगै बसी सोलमारी तान्छन् । तिम्रा लागि नागरिक भेडा बाख्रा भए राजनीति पेशा तिम्रो कमाउदै गए ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

कोही गर्छन् बाख्रे धन्दा कोही सहकारी
आफू आफू ङ्यार्र ङुर्र गर्छन् घरिघरि ।

गिरिबन्धु कोही यहाँ कोही बन्धु फिरि
छारो हाल्छन् जनतामा पार्छन् तिरिमिरि ।

नदीनाला कारखाना सबै बेची खाए
साँध किल्ला छिमेकीका साथ जिम्मा लाए ।

सित्तै पाए अलकत्र खाई भुँडी भर्छन्
नपाएमा खान केही आँखा मात्रै तर्छन् ।

सुन खाने बानी लाग्यो अन्न किन खानू
खाने खाने मिली हाल्छन् बस्छन् चानुमानु ।

नागरिक विदेशीका नेपाली हूँ भन्छन्
एजेन्टको काम गरी राष्ट्रवादी बन्छन् ।

खल्ती पिच्छे राहदानी थरीथरी बोक्छन्
केही गरी अल्झो परे कुलेलाम ठोक्छन् ।

देखिदैन सम्पत्तिका नाम बाँझो बारी
गरिदिन्छन् आफन्तमा सबै नामसारी ।

कालो धन थुपारेर विदेशमा लान्छन्
छोराछोरी पठाएर आफू पछि जान्छन् ।

दाजु सत्ता पुगे भने भाउजुको चल्छ
बाझको ओत लागी नाति साँढे बन्न थाल्छ

सदनमा निदाएर बस्छन् गजधुम्म
नाराबाजी गर्छन् कैले सकिँदैन सुन्न ।

मिलाउछन् गला कैले कैले मुक्का हान्छन्
स्वार्थ मिले सँगै बसी सोलमारी तान्छन् ।

तिम्रा लागि नागरिक भेडा बाख्रा भए
राजनीति पेशा तिम्रो कमाउदै गए ।

गठबन्धन गरी हिड दल पनि फेर
मरेपछि यस्तो मौका पाइदैन हेर ।

०००
रेसुङ्गा न पा २ गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x