साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली गजल

एकान्त हुन्छ साथी भित्ता नियाल्नु पर्दा उस्तै गएर छायाँ देखिन्छ त्यै मजाले ।

Nepal Telecom ad

भरत आचार्य :

आफ्नो भनेर बाले जस्तो बुझे सँमाले ।
झुठ्ठा रहेछ सारा संसार बुझ्न थाले ॥

छोरा जहान भन्दा प्यारो थिएन केही
एक्लो भयो बुढ्यौली भन्छन् दुखी छु बाले ।

भन्दा निको नहोला भोग्दा मिठो हुँदैन
मेटिन्न दुःख पीडा दौलत कुनै नशाले ।

एकान्त हुन्छ साथी भित्ता नियाल्नु पर्दा
उस्तै गएर छायाँ देखिन्छ त्यै मजाले ।

पर्खेर काल आफ्नो गर्छन् पुकार जैल्यै
यौटै रहेछ बाटो लैजा न कृष्ण काले ।

०००
पोखरा, कास्की

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumud baral
kumud baral
1 year ago

मनै छोयो ,पर्खेरकाल गर्छन पुकार जैले…
उफ!
क्या बेदना!!

Nepal Telecom ad
नाक

नाक

भरत आचार्य
उ बेला

उ बेला

भरत आचार्य
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x