साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शोक न सुर्ता भएको बूढो…

मेरो समस्या यही हो बाबू । घरमा छोरा बुहारीले बुढेसकालमा नि कति रुचेको कति आनन्दले सुतेको ? शोक न सुर्ता भएको बूढो भन्छन् बाबू ! उमेर अन्सार रोगव्याध नलाए नि अखानै हुने रहेछ क्या ।

Nepal Telecom ad

भरत आचार्य :

सामान्य चेक जाँछपछि डाक्टरले सम्झाउँदै भने, बुबा तपाईंको उमेर अनुसार स्वासप्रस्वास, रक्तचाप, सुगरको मात्रा एकदम राम्रो छ । केही चिन्ता लिनु पर्दैन खानामा पनि खासै मुख बार्न पर्दैन थोरै थोरै इच्छा लागेको कुरा खान सक्नु हुन्छ । यहाँको अनुकूल समयमा छ आठ महिनामा आउन सक्नु हुन्छ । उत्तरार्ध समयमा ध्यान योगले पनि धेरै फाइदा गर्छ । ल अहिलेलाई केही औषधी खान पर्ने देख्दिन । तर पनि चेक जाँच गर्दा नदेखिएको समस्या छ भने भन्न सक्नु हुन्छ ।

चिरञ्जीवी शर्माले अलि अन्कनाउँदै भने, अलि अलि समस्या त भएरै आएको हुँ डा बाबू ।

– भएको समस्या भन्नै पर्छ बुबा भन्नुस् हामी पनि त सर्वज्ञाता कहाँ हुन्छौं र अलि अलि अनुभव र प्रविधिको सहायताले औषधोपचार गर्ने हो । छामेर जाँचेर मात्रै सबै कहाँ था हुन्छ र ? निर्धक्क भन्नुस् हजुरको समस्या । सके म गर्छु नसके विशेषज्ञ सँग परामर्स लिन फर्वावार्ड गर्छु ।

– डा बाबू समस्या त खासै ठूलो हैन । बरु मलाई अलि अरुची हुने, अलि निन्द्रा नपर्ने, अलि अलि खोकी काँसो आइ रहने औषधि लेखी दिनु भए आभारी हुने थिएँ । मेरो समस्या यही हो बाबू । घरमा छोरा बुहारीले बुढेसकालमा नि कति रुचेको कति आनन्दले सुतेको ? शोक न सुर्ता भएको बूढो भन्छन् बाबू ! उमेर अन्सार रोगव्याध नलाए नि अखानै हुने रहेछ क्या ।

-डाक्टर स्तब्ध ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौली गजल

बुढ्यौली गजल

भरत आचार्य
नाक

नाक

भरत आचार्य
उ बेला

उ बेला

भरत आचार्य
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
0
Would love your thoughts, please comment.x
()
x