साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हृदयचन्द्र स्मृति सम्मान साहित्यकार शारदारमण नेपाललाई

सम्मानित नेपाललाई प्रसिद्ध मार्क्सवादी सौन्दर्यचिन्तक निनु चापागाईले माला लगाई सम्मान गरेका थिए भने प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगा उप्रेतीले सम्मानपत्र प्रदान गरेका थिए । त्यसैगरी सदनका अध्यक्ष हेमराज पाैडेलले खादा ओढाइ सम्मान गरेका थिए ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ फागुन ४ । वरिष्ठ प्रगतिवादी साहित्यकार शारदारमण नेपाल हृदयचन्द्र स्मृति सम्मान– २०८१ बाट सम्मानित भएका छन् ।

साहित्य सदन नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर नेपाललाई फागुन ४ गते उक्त सम्मान प्रदान गरेको हो ।

बौद्ध, रामहिटीस्थित साहित्य सदन नेपालको प्रेक्षालयमा आयोजित एक कार्यक्रममा सम्मानित नेपाललाई प्रसिद्ध मार्क्सवादी सौन्दर्यचिन्तक निनु चापागाईले माला लगाई सम्मान गरेका थिए भने प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगा उप्रेतीले सम्मानपत्र प्रदान गरेका थिए । त्यसैगरी सदनका अध्यक्ष हेमराज पाैडेलले खादा ओढाइ सम्मान गरेका थिए ।

अध्यक्ष हेमराज पौडेल र सचिव प्रदीप पोखरेलद्वारा हस्ताक्षर गरिएको उक्त सम्मानपत्रमा भनिएको छः
विगत ६ दशकदेखि नेपाली कविता, निबन्ध, नाटक, समालोचना र बालसाहित्य लेखनका माध्यमबाट प्रगतिशील धाराको सम्बर्धन तथा जनसाँस्कृतिक आन्दोलनमा क्रियाशील हुँदै समाज रुपान्तरणकारी अभियानमा अनवरत रुपमा सामेल भई नवीन सौन्दर्य मूल्यहरुको विकास प्रबर्धनका लागि महत्त्वपूर्ण योगदान गर्नुभएको छ । तपाईं स्तम्भलेखक, सम्पादक र साहित्यिक पत्रकार व्यक्तित्व समेत हुनुहुन्छ । तपाईंले गर्नुभएका उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै साहित्य सदन नेपालद्वारा तपाईंलाई वि.सं. २०८१ को हृदयचन्द्र स्मृति सम्मान अर्पण गरिएको छ । हामी तपाईंको सुस्वास्थ्यसहित तपाईंको दीर्घजीवन र सिर्जनात्मक निरन्तरताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’

त्यस अवसरमा सम्मानित साहित्यकार नेपाल, हृदयचन्द्र सिंह प्रधान एवं साहित्य सदन नेपालका बारेमा चापागाई र उप्रेतीले आफ्ना धारणाहरु राखेका थिए । त्यस अवसरमा सम्मानित व्यक्तित्व शारदारमण नेपालका व्यक्तित्वका बारेमा साहित्य सदनका मित्रलाल पंज्ञानीले प्रकाश पारेका थिए भने नेपालका विद्यार्थी समेत रहेकी नेकपा एमालेकी नेत्री डा. विन्दा पाण्डेले समेत आफूमा आलोचनात्मक चेत भर्ने काम गुरु शारदारमण नेपालबाट भएको रोचक प्रसङ्ग उल्लेख गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x