साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन् बूढो हुन्न यार !

पुराना साथी भेटिँदा अझै काउकुती लाग्दछ । तन्नेरी बेला गरिन्थ्यो रेला ऐले झैँ लाग्दछ ॥ बुढ्यौली लाग्यो भनेर कैल्यै मन् सानो नपार । जे भने भन्छन् ज्यान् बूढो हुन्छ मन् बूढो हुन्न यार ।

Nepal Telecom ad

भरत आचार्य :

चाउरिए गाला हल्लिए दाँत काँस झैँ केश छ ।
क्वै भन्छन् काका क्वै बाजे भन्छन् तै पनि बेस छ ॥
अनरसा रोटी खाइन्छ अझै टोकिन्न कसार ।
जे भने भन तन् बूढो हुन्छ मन् बूढो हुन्न यार ॥

पहिला जस्ता पाखुरा छैनन् बल घट्यो तिघ्रामा ।
मसिनो मीठो जे खाए पनि स्वाद छैन जिब्रामा ॥
कालले चिठ्ठी पठाए पनि के छ र हतार ?।
उमेरले पाको हुने हो ज्यान मन् बूढो हुन्न यार ।

आँखाको तेज ठिकै छ अझै बुढ्यौली काँसो छ ।
सुगर प्रेसर यी दीर्घ रोग कालको नासो छ ॥
मोटरकारले सहज भा’छ ठाँट्को छ सवार ।
उमेरका कुरा सम्झिँदै रहे मन् बूढो हुन्न यार ॥

पुराना साथी भेटिँदा अझै काउकुती लाग्दछ ।
तन्नेरी बेला गरिन्थ्यो रेला ऐले झैँ लाग्दछ ॥
बुढ्यौली लाग्यो भनेर कैल्यै मन् सानो नपार ।
जे भने भन्छन् ज्यान् बूढो हुन्छ मन् बूढो हुन्न यार ।

हातमा लौरो आङमा दौरा जुहारी कोटमा ।
शालीन शैली मिठास बोली मुस्कान ओठमा ॥
र इच्छाशक्ति बलियो भए जितिन्छ संसार ।
भन्नेले भन्छन् तन् बूढो हुन्छ मन् बूढो हुन्न यार ।

०००
पोखरा, कास्की

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
जीवनाथ अधिकारी
जीवनाथ अधिकारी
2 years ago

गजब कविता । हविजीलाई बधाई !

Nepal Telecom ad
बुढ्यौली गजल

बुढ्यौली गजल

भरत आचार्य
नाक

नाक

भरत आचार्य
उ बेला

उ बेला

भरत आचार्य
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x