फित्काैली डटकमराष्ट्रिय पर्या कविता प्रतियाेगितामा सुवास सजल प्रथम
कार्यक्रममा रू. २० हजार राशिसहित 'उभिएर आफ्नै चिहानमाथि' कविताका लागि रेणुका जिसी दोस्रो, रू १० हजार राशिसहित 'भेन्टिलेटरको सहर' कविताका लागि परिवेश चापागाईँ (परिवेश मुन्छे) तेस्रो हुनुभयो ।

चितवन, २०८१ जेठ १९ । भरतपुर महानगरपालिकाद्वारा आयोजित राष्ट्रिय पर्या कविता प्रतियोगितामा कूल २४५ कवितामध्ये सुवास सजलको ‘चौतारोः एक आत्मालाप’ कविताले प्रथम स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा सजल नगद रू. ३० हजारसहित सम्मानपत्रले सम्मानित हुनु भएको छ । अघिल्लो हप्ता उहाँ रोल्पामा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्नु भएको थियो । कविता, गजल र मुक्तक लेखनमा सक्रिय उहाँ मुक्तक मञ्च मकवानपुरका सचिवसमेत हुनुहुन्छ ।
कार्यक्रममा रू. २० हजार राशिसहित ‘उभिएर आफ्नै चिहानमाथि’ कविताका लागि रेणुका जिसी दोस्रो, रू १० हजार राशिसहित ‘भेन्टिलेटरको सहर’ कविताका लागि परिवेश चापागाईँ (परिवेश मुन्छे) तेस्रो हुनुभयो । यस्तै जनही रू. ५ हजार राशिसहित ‘पर्वतको यात्रामा’ कविताका लागि सिजन श्रेष्ठ र ‘अनन्त मुस्कान’ कविताका लागि समर्पण न्यौपानेले सान्त्वना स्थान प्राप्त गर्नु भएको छ । समर्पण न्यौपाने नवसर्जक साहित्य चौतारी नेपालका महासचिव हुनुहुन्छ ।
निजी क्षेत्रसँग सहकार्यमा “घुमौँ भरतपुर” भन्ने मूल नाराका साथ पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले गरिएको वृहत अभियान “भरतपुर भ्रमण वर्ष २०२४” को सन्दर्भमा आयोजित पर्या कविता प्रतियोगिता २०८१ मा १० उत्कृष्ट कविताहरूको सूची यसअघि नै प्रकाशन गरिएको थियो ।
राष्ट्रिय पर्या कविता प्रतियोगिता २०८१ को संयोजक कवि भूपिन रहनु भएको थियो ।
०००
– संप्रस पाैडेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































