साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

किचे पनि थिचे पनि मर्छु, म हजुर कै शरणमा छु धर्म सङ्कटमा छु, भन्न सक्दिन कि म मरणमा छु तपाइँको शासन किन यति विघ्न अराजक हजुर ? आफ्नै पुर्खाको देशमा सधैँ म अपहरणमा छु ।

Nepal Telecom ad

दिव्य गिरी :

१.
हामीले भोट दिएको तिनकै मात्र भुँडी भर्न हो र ?
हामीले भोट दिएको आफैँ अन्यायमा पर्न हो र ?
हामीले अधिकार प्रयोग गर्‍यौँ, तिनले कर्तव्य बिर्सिए
हामीले भोट दिएको तिनलाई भ्रष्टाचार गर्न हो र ?

२.
रूप अनेक अनेक तपाइँको बोली अनेक अनेक
झुटलाई सत्य हो भन्ने तपाइँको लोली अनेक अनेक
गुटबन्दी, फुटबन्दी र लुटबन्दीको नाइके तपाइँ
साथ लिई हिँड्नुहुन्छ गुन्डा टोली अनेक अनेक ।

३.
गाउँबाट लगाएर आ’को चप्पल शहरमै छोड्नु भएछ
गाउँलेलाई दिएको वचन शहर नपुग्दै तोड्नु भएछ
बेइमान बन्नुभयो, राजनीतिको पगरी गुँथेपछि
बिर्सेर कर्तव्य छलकपटको गमला गोड्नु भएछ ।

४.
किचे पनि थिचे पनि मर्छु, म हजुर कै शरणमा छु
धर्म सङ्कटमा छु, भन्न सक्दिन कि म मरणमा छु
तपाइँको शासन किन यति विघ्न अराजक हजुर ?
आफ्नै पुर्खाको देशमा सधैँ म अपहरणमा छु ।

०००
महालक्ष्मी न.पा.५
टीकाथली, ललितपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x