ढाकामाेहन बरालबाहुबली
“अहिले किन फेरि जीम गर्नु पर्यो त ?” श्रीमतीले सोधिन् । उसले जवाफ दियो, “संसदमा पनि बलिलो भएर जानु पर्दो रहेछ ।”

ढाकामोहन बराल :
“आज भोलि निकै जाँगर चलेको देख्छु त ।” श्रीमतीको कुराले सुनेर मुसुक्क हाँस्यो ।
बिहान दौडेर आएको जुत्ता फुकालेर र्याकमा राख्यो ।
“कागती पानी ल्याउ त ।” उसले श्रीमतीलाई भन्यो ।
“आज किन ढिलो गर्नु भएको हो त ?” श्रीमतीले सोधिन् ।
“आज जीमहलमा पनि गएँ ।” उसले भन्यो ।
“त्यही गएर झगडा परेर आफ्नो हात भाँच्या हैन ?” श्रीमतीले उसको पुरानो झगडालु स्वभाव सम्झना दिलाइन् ।
“त्यो त उही जमानाको कुरा हो नि बुढी । साला सदरमुकायम थर्काइन्थ्यो ।” अरुले उतिबेला गुण्डा भने पनि आफ्नो काममा गर्व नै थियो उसलाई ।
“अहिले किन फेरि जीम गर्नु पर्यो त ?” श्रीमतीले सोधिन् ।
उसले जवाफ दियो, “संसदमा पनि बलिलो भएर जानु पर्दो रहेछ ।”
०००
पोखरा ७ मासबार, कास्की
Subscribe
Login
0 Comments
Oldest






































