सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

पातमा पात भए हुँदा बातमा बात भए झै गफडी गफमा के भन्छ भने यो स्वच्छता पर-पर हुँदैछ । भ्रष्टाचारी, ठग, ढाँटहरूको कुसङ्गतले नेपालीहरूको स्वच्छता हराउन लागिरहेको छ । यही कारन हो- यहां नक्कली र बनौटी कुराले टाउको उठाएका छन् ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

बनौटी कुरा : नक्कली काम

बुद्धि बिग्रिएको मान्छेमा गफडीलाई धेरैले दरेको कुरा गफडी भन्न चाहन्थ्यो, तर भन्दैन- त्यस्ता मुलाङ्खरे व्यक्तिगत कुरा । ती बुद्धि बिग्रने कुरा छन् त गफडी शून्यको कुराको के महत्व दिन्छ । गफडीको भैगो, बुद्धि बिग्रिएकै सही । तर गफडी भन्छ है- यहाँ बनौटी कुरा गर्ने पघितै भए र नक्कली कामले समाज पिर्ने पनि । कसरी ? कुरा बनाइस् । भन्नुहोला । कसरी भने वास्तवमा कुरै नभएका ठाउँमा धेरै कुरा भए भनेर कुरौटे गफडीले सबैलाई शत्रु ठानेको होइन, तर कुरा घेर बनौटी भए । कि बेपार हुन्छ कि राजनीति । गफडीको शङ्कालु मनले सोच्छ र फुटेकै सही आँखाले देख्छ-अधार्मिक धार्मिक भइरहेछन् । अपण्डित पण्डित । हो, मान्छे बाठिनु राम्रो हो, तर लाटिनु त राम्रो होइन, तर पनि बाठा हूँ भन्नेहरूका आँखामा छट्दूहरूले सोह्रै आना छारो हाल्नु कति उदेकलाग्दो कुरा । त्यसैले गफडी भन्छ- आज यहाँ आफूलाई बाठा ठान्नेहरूले चिन्नुपर्‍यो- कोको बनौटी कुरा गर्दैछन् र नक्कली काम गर्दैछन् । आजको आवाज हो सक्कली काम गर, सक्कली कुरा चिन !

लाख्खेको जस्तो स्वाङ !

सामन्तीहरू जनसेवी । काला वजारियाहरू प्रजातन्त्री ! ठगहरू किसानका सेवी । कस्तो स्वाङ छ त यहाँ । आफू सुन लाउने । जनता नुन खान नपाउने । तैपनि राष्ट्र बनाउने कुरा गर्ने हे स्वाङ । यहाँभन्दा विचित्रको कुरा के हुन्छ ? देशबेचुवाहरू देशभक्त ! देशलाई सङ्कटमा पार्नेहरू देशभक्त । गफडी यसो विचार गर्छ- निहत्था र बबुरा गफडी जस्ताका यथार्थ कुरा तिता र खस्रा हुन्छन् । अनादर्शलाई आदर्श मान्ने निम्सराहरूले व्याप्त वातावरणमा गफडीका गफको के मोल !

टाट पल्टँदा पनि धाक !

स्वाङको प्रसङ्गमा गफडीले समाजतिर हेर्दा देखेको कुरा भन्छ यो समाज कस्तो स्वाङे छ भने टाट पल्टँदा पनि उसले धाक लगाउनुपर्छ । यहाँ विवाह, व्रतवन्ध, पास्नी आदिमा भए पनि र नभए पनि खर्च गर्नुपर्छ । राष्ट्रले पनि सके पनि र नसके पनि गोष्ठी गर्नुपर्छ र अन्तर्राष्ट्रिय सम्बन्धका लागि खर्च गर्नु पर्दछ । ‘रिन लागे पनि घिउ खानुपर्छ’ भन्ने यहाँको सिद्धान्त छ । भए पनि र नभए पनि धाक लाएर हिँड्नुपर्छ र रवाफ देखाउनुपर्छ यहाँको चलन । यस्ता यस्ता नक्कली धाकमा मख्ख पर्नेले व्याप्त छ समाज ।

पातमा पात ! बातमा बात !

सक्कली हिमालको सेतो स्वच्छ झर्नाको झरझर ! सफा पानीको कलकल । यो आकाशको फैलावट । यो घाम र जुनको सफा उज्यालो ! प्राकृतिक स्वच्छताले भरपुर हुनुपर्ने हो भन्छ नेपाल र नेपाली गफडी। पातमा पात भए हुँदा बातमा बात भए झै गफडी गफमा के भन्छ भने यो स्वच्छता पर-पर हुँदैछ । भ्रष्टाचारी, ठग, ढाँटहरूको कुसङ्गतले नेपालीहरूको स्वच्छता हराउन लागिरहेको छ । यही कारन हो- यहां नक्कली र बनौटी कुराले टाउको उठाएका छन् । गफडी भन्छ- “यौटै उद्देश्य हाम्रो विपुल चहकिलो पार्नु नेपाललाई !” तर हजुर कसरी ? काम र कुरा गरेर ? नक्कली काम र कुराले गोजी भरेर ? टेरेलिन धड्काएर कि खाँडीका लुगा लाएर ? मिठो मसिनो डकारेर कि खस्रो-मसिनो रुखो सुखो खाएर । केही त नेपालीले गर्नुपर्ला कि ? हओस् त आज यत्ति नै । आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क ३५, २०३६

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा