साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

पातमा पात भए हुँदा बातमा बात भए झै गफडी गफमा के भन्छ भने यो स्वच्छता पर-पर हुँदैछ । भ्रष्टाचारी, ठग, ढाँटहरूको कुसङ्गतले नेपालीहरूको स्वच्छता हराउन लागिरहेको छ । यही कारन हो- यहां नक्कली र बनौटी कुराले टाउको उठाएका छन् ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

बनौटी कुरा : नक्कली काम

बुद्धि बिग्रिएको मान्छेमा गफडीलाई धेरैले दरेको कुरा गफडी भन्न चाहन्थ्यो, तर भन्दैन- त्यस्ता मुलाङ्खरे व्यक्तिगत कुरा । ती बुद्धि बिग्रने कुरा छन् त गफडी शून्यको कुराको के महत्व दिन्छ । गफडीको भैगो, बुद्धि बिग्रिएकै सही । तर गफडी भन्छ है- यहाँ बनौटी कुरा गर्ने पघितै भए र नक्कली कामले समाज पिर्ने पनि । कसरी ? कुरा बनाइस् । भन्नुहोला । कसरी भने वास्तवमा कुरै नभएका ठाउँमा धेरै कुरा भए भनेर कुरौटे गफडीले सबैलाई शत्रु ठानेको होइन, तर कुरा घेर बनौटी भए । कि बेपार हुन्छ कि राजनीति । गफडीको शङ्कालु मनले सोच्छ र फुटेकै सही आँखाले देख्छ-अधार्मिक धार्मिक भइरहेछन् । अपण्डित पण्डित । हो, मान्छे बाठिनु राम्रो हो, तर लाटिनु त राम्रो होइन, तर पनि बाठा हूँ भन्नेहरूका आँखामा छट्दूहरूले सोह्रै आना छारो हाल्नु कति उदेकलाग्दो कुरा । त्यसैले गफडी भन्छ- आज यहाँ आफूलाई बाठा ठान्नेहरूले चिन्नुपर्‍यो- कोको बनौटी कुरा गर्दैछन् र नक्कली काम गर्दैछन् । आजको आवाज हो सक्कली काम गर, सक्कली कुरा चिन !

लाख्खेको जस्तो स्वाङ !

सामन्तीहरू जनसेवी । काला वजारियाहरू प्रजातन्त्री ! ठगहरू किसानका सेवी । कस्तो स्वाङ छ त यहाँ । आफू सुन लाउने । जनता नुन खान नपाउने । तैपनि राष्ट्र बनाउने कुरा गर्ने हे स्वाङ । यहाँभन्दा विचित्रको कुरा के हुन्छ ? देशबेचुवाहरू देशभक्त ! देशलाई सङ्कटमा पार्नेहरू देशभक्त । गफडी यसो विचार गर्छ- निहत्था र बबुरा गफडी जस्ताका यथार्थ कुरा तिता र खस्रा हुन्छन् । अनादर्शलाई आदर्श मान्ने निम्सराहरूले व्याप्त वातावरणमा गफडीका गफको के मोल !

टाट पल्टँदा पनि धाक !

स्वाङको प्रसङ्गमा गफडीले समाजतिर हेर्दा देखेको कुरा भन्छ यो समाज कस्तो स्वाङे छ भने टाट पल्टँदा पनि उसले धाक लगाउनुपर्छ । यहाँ विवाह, व्रतवन्ध, पास्नी आदिमा भए पनि र नभए पनि खर्च गर्नुपर्छ । राष्ट्रले पनि सके पनि र नसके पनि गोष्ठी गर्नुपर्छ र अन्तर्राष्ट्रिय सम्बन्धका लागि खर्च गर्नु पर्दछ । ‘रिन लागे पनि घिउ खानुपर्छ’ भन्ने यहाँको सिद्धान्त छ । भए पनि र नभए पनि धाक लाएर हिँड्नुपर्छ र रवाफ देखाउनुपर्छ यहाँको चलन । यस्ता यस्ता नक्कली धाकमा मख्ख पर्नेले व्याप्त छ समाज ।

पातमा पात ! बातमा बात !

सक्कली हिमालको सेतो स्वच्छ झर्नाको झरझर ! सफा पानीको कलकल । यो आकाशको फैलावट । यो घाम र जुनको सफा उज्यालो ! प्राकृतिक स्वच्छताले भरपुर हुनुपर्ने हो भन्छ नेपाल र नेपाली गफडी। पातमा पात भए हुँदा बातमा बात भए झै गफडी गफमा के भन्छ भने यो स्वच्छता पर-पर हुँदैछ । भ्रष्टाचारी, ठग, ढाँटहरूको कुसङ्गतले नेपालीहरूको स्वच्छता हराउन लागिरहेको छ । यही कारन हो- यहां नक्कली र बनौटी कुराले टाउको उठाएका छन् । गफडी भन्छ- “यौटै उद्देश्य हाम्रो विपुल चहकिलो पार्नु नेपाललाई !” तर हजुर कसरी ? काम र कुरा गरेर ? नक्कली काम र कुराले गोजी भरेर ? टेरेलिन धड्काएर कि खाँडीका लुगा लाएर ? मिठो मसिनो डकारेर कि खस्रो-मसिनो रुखो सुखो खाएर । केही त नेपालीले गर्नुपर्ला कि ? हओस् त आज यत्ति नै । आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क ३५, २०३६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x