विनाेद नेपालसत्ताको महाभारत
हेर्दाहेर्दै ‘कान्छा बाबुको अनुहार’ भएको छ दिनभरको सिकार । लाग्छ, साँच्चिकै श्रापित रहेछौँ हामी यसैले त, भोको पेट बाध्य छौँ हेर्न कहिल्यै नअघाउनेहरूको सत्ताको महाभारत ।

विनोद नेपाल :
कति थाम्नु,
कति काँध हाल्नु,
गन्हाएको सिनुलाई ?
कति हेर्नु
कालो पोतिएको
कुरुप अनुहार ?
खेर गएको छ
सपुतहरूको बलिदान,
अनि,
हेर्दाहेर्दै
‘कान्छा बाबुको अनुहार’ भएको छ
दिनभरको सिकार ।
लाग्छ,
साँच्चिकै श्रापित रहेछौँ हामी
यसैले त,
भोको पेट
बाध्य छौँ हेर्न
कहिल्यै नअघाउनेहरूको
सत्ताको महाभारत ।
०००
पाल्पा, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































