साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योजना

‘हो अंकल, मै हुँ रुने । परीक्षा सकेर मजाले घुमुँला भनेको अकस्मात स्थगित गरिदिँदा घुम्न जाने योजना बर्बाद भएकोले रोएकी नि ।’ छिमेकीहरू हाँस्दै फिर्ता भए ।

Nepal Telecom ad

विनोद नेपाल :

छिमेकीको घरमा रुवावासी सुनेपछि सबै त्यतैतिर दौडिए । गल्याङमल्याङ बढ्यो ।

‘हैन के भो, के भो ?’ सबै हतारिँदै प्रश्न गर्दैछन् तर जवाफ कतैबाट आउँदैन, सबै मौन छन् ।

हेर्दाहेर्दै भीड बढ्दै गयो । सबै जिज्ञासा राखिरहेछन्, जवाफ पाइरहेका छैनन् । भित्रबाट रुन्चे आवाज आइरहेकै छ, तर पहिले भन्दा कम हुँदै गएको छ ।

‘बुढाबुढीको झगडा हो जस्तो छ’, ‘भो लागौँ’ – मानिसहरू फर्कन थाले ।

यत्तिकैमा एउटी किशोरी रुन्चे अनुहार लिएर बाहिर निस्किन् र भनिन्’ कोरोनाको यत्रो त्रास छ, सरकारले भीड नगर्नु भनेको छ, हजूरहरु चाहिँ यस्तो भीड गर्ने ?’

‘रुवावासी सुनेर छिमेकीको धर्म निभाउन आएको’ ‘केही भयो कि भनेर आएका हामी’ – छिमेकीहरूले एकै स्वरमा भने ।

‘रुने को नि, तिमी नै हौ कि ?’- एउटाले सोध्यो ।

‘हो अंकल, मै हुँ रुने । परीक्षा सकेर मजाले घुमुँला भनेको अकस्मात स्थगित गरिदिँदा घुम्न जाने योजना बर्बाद भएकोले रोएकी नि ।’

छिमेकीहरू हाँस्दै फिर्ता भए ।

०००
पाल्पा, हाल वनस्थली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साझा शत्रु

साझा शत्रु

विनाेद नेपाल
कमाइ

कमाइ

विनाेद नेपाल
फुट

फुट

विनाेद नेपाल
पाँच छेस्का

पाँच छेस्का

विनाेद नेपाल
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
सत्ताको महाभारत

सत्ताको महाभारत

विनाेद नेपाल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x