साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोस सोह्र वर्षे झिकौँ

जन्म एक्लै भयो मृत्यु एक्लै हुने। सच्चिदानन्द नै प्राप्त गर्छौँ बुझे शान्तिको मार्गमा चल्न आफैँ सिकौँ। जोस , ऊर्जा सदा सोह्रवर्षे झिकौँ।

Nepal Telecom ad

कल्पना अधिकारी :

वृद्धले ठान्दछन् नित्यश: दुर्वल
वृद्ध बन्दै गयो देह यो कोमल
केश फुल्दै गए दाँत झर्दै गए
भन्दछन् वृद्धले हेर रोगी भएँ।१।

शक्तिशाली थिएँ जोस मर्दै गयो
भुल्छु सारा कुरा होस गुम्दै गयो
पुष्ट गाला थिए छन् सयौं चाउरी
भन्दथे मित्रले होस् कलाको धुरी।२

बाल नै हुन् युवा वृद्ध बन्छन् उनै
जिन्दगीको कहाँ हुन्छ टुङ्गो कुनै
बुझ्नुहोस् वृद्धले चक्र हो जीवन
देन हो ईशको हैन यो बन्धन ।३।

हुन्न चिन्ता कुनै गर्नुहोस् चिन्तन ।
काव्यमा रम्नुहोस् बन्नुहोस् सज्जन।
लोभ छन् मोह छन् दम्भ छन् त्याग्नुहोस्।
ब्रम्हको ज्ञानमा सर्वदा लाग्नुहोस्।४।

जन्म एक्लै भयो मृत्यु एक्लै हुने।
सच्चिदानन्द नै प्राप्त गर्छौँ बुझे
शान्तिको मार्गमा चल्न आफैँ सिकौँ।
जोस, ऊर्जा सदा सोह्रवर्षे झिकौँ।५।

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
नसम्झ सासू , किन बन्दिनन् मुमा

नसम्झ सासू , किन...

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x