विनाेद नेपालआधुनिक बुख्याँचा
देख्दैछु, त्यही बुख्याँचामा परिणत भएको छ आजको मान्छे, जसको अनुहारमा यतिखेर बिस्ट्याइरहेछ ’कोरोना’, र, लज्जित उ, बन्द कोठाभित्र जीवन खोजिरहेछ ।

विनोद नेपाल :
उभिएको छ
मुन्टो ठड्याएर,
हात फैलाएर ठिङ्ग,
तर भाग्दैनन्,
बरू,
रमाउँदै फुर्फुर,
उसकै सामु,
उफ्रिउफ्री टिप्छन् चारा,
लथालिङ्ग पार्छन् बालीनाली र बिस्कुन,
अनि,
बिस्ट्याउँछन् उसकै टाउकोमा
र,
भुर्र उड्छन् चराहरु भने,
के औचित्य त्यस्तो बुख्याँचाको ?
देख्दैछु,
त्यही बुख्याँचामा परिणत भएको छ
आजको मान्छे,
जसको अनुहारमा
यतिखेर
बिस्ट्याइरहेछ ’कोरोना’,
र,
लज्जित उ,
बन्द कोठाभित्र
जीवन खोजिरहेछ ।
०००
पाल्पा, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































