विनाेद नेपालकमाइ
उनले भने, सधैँ तिमीसँग मागेर खानुपर्ने, आज त आफ्नै कमाइले खाउँ भनेर हिँडेको, ... को भट्टीमा छु, फर्कँदा मलाई पनि तिम्रो स्कुटीमा लैजाउ है !

विनोद नेपाल :
साइतमै सुरु गरेकाले टीका लगाउने काम बेलैमा सकियो ।
खाना खाने तयारी भयो तर नौला ज्वाइँ एकाएक हराए ।
यता हेरे, उता हेरे, अहँ कतै देखिएनन् ।
कुरो छोरीसम्म पुग्यो ।
ज्वाइँ हुनुहुन्न रे ? कहाँ जानुभयो त ? मलाई पनि केही भन्नुभएको छैन । मलाई नभनी कतै नजाने मान्छे एकाएक कसरी हिँड्नुभो ? उनी अत्तालिन थालिन् ।
अलिबेर बाटो हेरेपछि उनले फोन गरिन्, फोन उठ्यो ।
हजुर कहाँ ? केही नभनी जानुभएछ, यहाँ कस्तो खैलाबैला भयो , म त आत्तिएकी ! भन्नुस् त कहाँ हुनुहुन्छ ?
उनले भने, सधैँ तिमीसँग मागेर खानुपर्ने, आज त आफ्नै कमाइले खाउँ भनेर हिँडेको, … को भट्टीमा छु, फर्कँदा मलाई पनि तिम्रो स्कुटीमा लैजाउ है !
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































