डा. लोकेन्द्रप्रसाद पौड्यालसक्रियता
सरकारको कोठे भाषण राहत देको खोई त ? पर्ख हेर कहिलेसम्म भन्छन् कोही कोही त । पीडित भन्छन् सरकारले उद्धार गर्न ठग्यो शायद तिनका सक्रियता भेल सँगसँगै बग्यो ॥

डा. लोकेन्द्रबहादुर पौड्याल :
झरीलाई बहाव प्यारो
विपन्नलाई बस्ती
नसोचेको बाढी आयो
खोला ढाक्दै अस्ति ।
घर बनाउँदा प्रकृतिको
नियम हेरिएन
हिउँद सोच्दै भयो निर्माण
वर्षा टेरिएन ।
आखिरमा भोग्नु पर्यो
नोक्सानीको थुप्रो
भेलसँगै बग्नु बगे
अनगिन्ती झुप्रो ।
बास खोज्नु कि छाक टार्नु ?
गरिब ज्यानलाई भारि
दैव पनि कमजोर माथि
कति अत्याचारी ?
सरकारको कोठे भाषण
राहत देको खोई त ?
पर्ख हेर कहिलेसम्म
भन्छन् कोही कोही त ।
पीडित भन्छन् सरकारले
उद्धार गर्न ठग्यो
शायद तिनका सक्रियता
भेल सँगसँगै बग्यो ॥
०००
काठमाडौं







































Yathartha prastuti Dr saheb