साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा बाबाको

मान्छेको भन्छन् आयु नै हो शतायु धेरैको देखेँ खासमा चीर आयु पल्टे झैँ साँच्चै वाणलाग्दा जटायु आमा बाबाको खुस्कियो शीघ्र आयु ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

आमा बाबाको यादले पोल्छ छाती
निन्द्राकी देवी भाग्दछिन् घोर राती
यो सारा गर्ने दैव नै हो कि घाती ?
मैले देखेका स्वप्न छन् धेर थाती ॥१

दौडायो बा आमा दैवले दूर खोसी
आँखामा मेरा आँसु झारेर कोसी
आएँ सोलामा हा ! रुँदै अग्नि झोसी
द्यौता वा पापी व्याधि हो खास दोषी ?॥२

भावी हो भन्छन् भाग्य लेख्ने विधाता
को होला हाम्रो आयु आरोग्य दाता?
खोटो नै पार्दै बैँसमा भाग्य खाता
मेटायो कस्ले रक्तको लाल नाता? ॥३

मान्छेको भन्छन् आयु नै हो शतायु
धेरैको देखेँ खासमा चीर आयु
पल्टे झैँ साँच्चै वाणलाग्दा जटायु
आमा बाबाको खुस्कियो शीघ्र आयु ॥४

थाप्लोमा बोकायो हेर ग्राहस्थ भारी
बच्चै बेलामा भाग्यमा प्वाल पारी
जाउन् वैकुण्ठै स्वर्ण ढोका उघारी
अर्पेँ श्रद्धाले फूल लेउन् सकारी ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x