साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साझा शत्रु

चिन्ता छैन चुँडिने, निर्भय, सुन्दरता पस्किरहेछन्, सुवास छरिरहेछन् फूलहरू, शान्त छ वातावरण रमाइरहेछ प्रकृति ।

Nepal Telecom ad

विनोद नेपाल :

हाँसिरहेछ आकाश,
नाचिरहेछ पवन,
चराहरू
गाइरहेछन् मीठा गीत,
उन्मुक्त भावमा
र,
निर्भय विचरण गरिरहेछन्
समस्त जीवहरू ।

चिन्ता छैन चुँडिने,
निर्भय,
सुन्दरता पस्किरहेछन्,
सुवास छरिरहेछन् फूलहरू,
शान्त छ वातावरण
रमाइरहेछ प्रकृति ।

केवल मान्छे छ बेचैन,
उद्वेलित,
अनि आतङ्कित ।

लाग्दैछ
आखिर
मान्छे नै त रहेछ साझा शत्रु ।

०००
पाल्पा, हाल काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमाइ

कमाइ

विनाेद नेपाल
फुट

फुट

विनाेद नेपाल
योजना

योजना

विनाेद नेपाल
पाँच छेस्का

पाँच छेस्का

विनाेद नेपाल
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
सत्ताको महाभारत

सत्ताको महाभारत

विनाेद नेपाल
0
Would love your thoughts, please comment.x
()
x