साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोस्टा

“तेरो पनि बिजोग नै भयो लक्ष्मी ।” गाईको गला कन्याउँदै भनिन् आमैले । लक्ष्मी ले बुझे जस्तै गरेर हेरी आमैलाई, अनि आमैको खुट्टा चाट्न थाली, मानौँ ऊ पनि केही भन्न चाहन्छे अमुक भाषामा ।

Nepal Telecom ad

दीप मङ्ग्राती :

“हैट ! हैट ! तेसको साँढे, हल्लुँडको म ढाडसाड भाँचिदिन्छु नि, बुढी गाई पनि नभन्ने, पड्के !”
मनमती आमैले बुढी गाईमाथि आइलागेको आशक्त गोरुलाई धपाउँदै भनिन् ।

“आ… आमै, यो जातै यस्तै हुन्, मान्छेका हुन्, या पशुका हुन् । न बच्ची भन्छन् न बुढी भन्छन् ।” काईँलीले थपिन् ।

“त्यही त भनेको काईँली ! असत्तीहरू ! तरुनी, र बुढीहरू पनि बिचार नगर्ने रैछन् भनेको !”
बुढी गाई त्यस गोरुको डरले आमैको छेउमा आएर बसी ।

त्यो लक्ष्मी गाई गाउँकै आमा थी, बिल्कुल मनमती आमै जस्तै । उसको दूध नपिएको गाउँमा कोही थिएनन् । सानो बाछी किनेर ल्याइदिएका थिए, बाबैले । आमैलाई साथी हुन्छ भनेर । उनीहरू साँच्चैका साथी भएका थिए । एक अर्काको पीडा बुझ्दथे । दूध दिउन्जेली सबैले हेरचाह गरे, थाके पछि, वास्तै छैन । आमैको जस्तै, सम्पती हात नपरुन्जेली हातहातै गरे, सम्पत्ति लिसकेपछी, छोडेर हिँडे, सबैले ।

“तेरो पनि बिजोग नै भयो लक्ष्मी ।” गाईको गला कन्याउँदै भनिन् आमैले । लक्ष्मी ले बुझे जस्तै गरेर हेरी आमैलाई, अनि आमैको खुट्टा चाट्न थाली, मानौँ ऊ पनि केही भन्न चाहन्छे अमुक भाषामा ।
“तेरो र मेरो जिन्दगी पनि रस चुसेर फ्याकेको “खोस्टा” जस्तै भयो नि, होगि लक्ष्मी ?” आमैले खुईय गर्दै ऊ तिर हेरेर भनी ।

०००
बेल्बारी-३, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x