दिप मंग्रातीखोस्टा
“तेरो पनि बिजोग नै भयो लक्ष्मी ।” गाईको गला कन्याउँदै भनिन् आमैले । लक्ष्मी ले बुझे जस्तै गरेर हेरी आमैलाई, अनि आमैको खुट्टा चाट्न थाली, मानौँ ऊ पनि केही भन्न चाहन्छे अमुक भाषामा ।

दीप मङ्ग्राती :
“हैट ! हैट ! तेसको साँढे, हल्लुँडको म ढाडसाड भाँचिदिन्छु नि, बुढी गाई पनि नभन्ने, पड्के !”
मनमती आमैले बुढी गाईमाथि आइलागेको आशक्त गोरुलाई धपाउँदै भनिन् ।
“आ… आमै, यो जातै यस्तै हुन्, मान्छेका हुन्, या पशुका हुन् । न बच्ची भन्छन् न बुढी भन्छन् ।” काईँलीले थपिन् ।
“त्यही त भनेको काईँली ! असत्तीहरू ! तरुनी, र बुढीहरू पनि बिचार नगर्ने रैछन् भनेको !”
बुढी गाई त्यस गोरुको डरले आमैको छेउमा आएर बसी ।
त्यो लक्ष्मी गाई गाउँकै आमा थी, बिल्कुल मनमती आमै जस्तै । उसको दूध नपिएको गाउँमा कोही थिएनन् । सानो बाछी किनेर ल्याइदिएका थिए, बाबैले । आमैलाई साथी हुन्छ भनेर । उनीहरू साँच्चैका साथी भएका थिए । एक अर्काको पीडा बुझ्दथे । दूध दिउन्जेली सबैले हेरचाह गरे, थाके पछि, वास्तै छैन । आमैको जस्तै, सम्पती हात नपरुन्जेली हातहातै गरे, सम्पत्ति लिसकेपछी, छोडेर हिँडे, सबैले ।
“तेरो पनि बिजोग नै भयो लक्ष्मी ।” गाईको गला कन्याउँदै भनिन् आमैले । लक्ष्मी ले बुझे जस्तै गरेर हेरी आमैलाई, अनि आमैको खुट्टा चाट्न थाली, मानौँ ऊ पनि केही भन्न चाहन्छे अमुक भाषामा ।
“तेरो र मेरो जिन्दगी पनि रस चुसेर फ्याकेको “खोस्टा” जस्तै भयो नि, होगि लक्ष्मी ?” आमैले खुईय गर्दै ऊ तिर हेरेर भनी ।
०००
बेल्बारी-३, मोरङ
Subscribe
Login
0 Comments
Oldest






































