साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सूसाप्रद्वारा ११६ औँ देवकोटा जयन्तीको अवसरमा अन्तरक्रिया

संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता , संस्थाका सल्लाहकार दीपक शर्मा अधिकारीको प्रमुख आतिथ्य र आख्यानकार रमेशकिरण पौड्यालको आतिथ्य रहेको थियो ।

Nepal Telecom ad

सूर्योदय नपा, इलाम १३ कार्तिक २०८१ । सूर्योदय सामाजिक प्रतिष्ठान, सूर्योदय नगरपालिका -१०, फिक्कल इलामले आफ्नै कार्यालयमा सदाझैँ यस पटक पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसरमा देवकोटाका साहित्यिक कृतिहरूको चर्चा र अन्तरक्रियात्मक कार्यक्रम गरेर देवकोटाजयन्तीलाई सार्थक बनाएको हो । संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता , संस्थाका सल्लाहकार दीपक शर्मा अधिकारीको प्रमुख आतिथ्य र आख्यानकार रमेशकिरण पौड्यालको आतिथ्य रहेको थियो ।

सम्पूर्ण अतिथिवर्गलाई सदस्य लुलसीराज ढुङ्गामा र सहसचिव जुगमाया घलेद्वारा खदा र व्याज वितरणपश्चात् देवकोटाको तस्बिरमा अबीर र माल्यार्पणसहितको दीप प्रज्जवलन गरी मञ्चासिन अतिथिवर्गबाट कार्यक्रमको उद्‍घाटन गरिएको थियो ।

कार्यक्रममा सामूहिक राष्ट्रगान गाएर देशलाई सम्झने काम पनि भएको थियो । त्यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झँदै मन्तव्य र उहाँकै कृतिहरूलाई आधार बनाई अन्तरक्रियासमेत भएको थियो ।
कुलप्रसाद ढकालद्वारा देवकोटाका कृतिहरूको योगदानको चर्चा गरिएको थियो भने पुनः प्रमुख अतिथि दीपक शर्मा अधिकारीको प्रस्तुतिमार्फत कुलप्रसाद ढकाल र नदी भट्टराईलाई सहभागी गराई देवकोटाका समग्र कृतिहरूको बारेमा सामूहिक अन्तरक्रिया सम्पन्न भएको थियो ।

भर्खरै प्रकाशन भएको “उज्यालो दिन ” नामक उपन्यास (आफ्ना चौथो कृति ) संस्थालाई योगदानस्वरूप हस्तान्तरण गर्दै आख्यानकार रमेशकिरण पौड्याल र कवि डिल्लीप्रसाद सुवेदीले देवकोटाकै बारे आफ्ना मन्तव्य राखेका थिए भने नौ वर्षीय बाबू अनय सुवेदीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको केही हरफहरू वाचन गरेर देवकोटाप्रतिको श्रद्धाभाव व्यक्त गरेका थिए साथै संस्थाका वयोवृद्ध सदस्य भक्तबहादुर दासको उपस्थिति पनि उल्लेखनीय रहेको थियो ।

अन्त्यमा आजका अध्यक्ष देवीप्रसाद गौतमद्वारा आफ्ना सारगर्भित भनाइसहित कार्यक्रमको समापन भएको थियो । सङ्ख्यात्मक भन्दा पनि गुणात्मक र भव्य तथा सभ्यरूपमा कार्यक्रम सम्पन्न भएको अनुभूति भयो । जय साहित्य !!

कार्यक्रममा कार्यसमिति सदस्य दुर्गादेवी भट्टराई दाहालको स्वागत मन्तव्य, उपाध्यक्ष कुलप्रसाद ढकालको कार्यक्रमको औचित्यमाथि प्रकाश र सचिव प्रेमसागर भट्टराईको सहजीकरण रहेको थियो ।

०००
-मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x