साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म ‘अपराधी’ मतदाता

यो ‘भेडो’ लाई होस नै छैन सरकार । मैले नै हो हजूरलाइ ‘मौसूफ’ बनाएको हो सरकार ‘अपराधी’ मै हूँ गर्धन हाजिर छ ख्वामित् !!

Nepal Telecom ad

हेमनाथ घिमिरे :

हो, सरकार !
हो, ख्वामित् !!
‘अपराधी’ म नै हूँ
‘भेडो’, ‘गधा’, ‘कुकुर’
जे भने पनि भनिबक्सियोस् सरकार
त्यो मै हूँ ।
किनकि
मैले नै आँखा चिम्लेर
पूर्ण विश्वासमा पारिएर
ख्वामितलाई मतदान गरेको थिएँ
स्वेच्छाले ‘दान’ गरेको थिएँ
वा के हो के होइन
यो ‘भेडो’ लाई
होस नै छैन सरकार ।
मैले नै हो हजूरलाइ
‘मौसूफ’ बनाएको
हो सरकार
‘अपराधी’ मै हूँ
गर्धन हाजिर छ ख्वामित् !!

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जन्मदाताको पुकार

जन्मदाताको पुकार

हेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x