साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्मदाताको पुकार

कम्प्युटर् खोली तिमी नै हेरी कुरा त गरुँला । अँगालो भित्र प्यारले बाँधी कहैले पो बेरुँला ॥ म मरि गए टाँगौला फोटो घरको भित्तामा । जीवित छँदै टाँग्दैनौ किन मनको कित्तामा ॥

Nepal Telecom ad

हेमनाथ घिमिरे :

मुटुका टुक्रा कता हो कता समुन्द्र पारि छन् ।
यी जन्मदाता मुटु यो टुक्रा पारेर भन्दैछन् ॥

“इँटा र ढुङ्गा बोल्दैन बाबु पर्खाल बोल्दैन ।
भौतिक सुख-सुविधा आई मन यो खोल्दैन ॥

चिसो यो जिउ बिजुली सेक्छ मन यो सेक्दैन ।
मनका व्यथा आँसु भै बग्छ धनले छेक्दैन ॥

यन्त्र त हुन्छ मुटु यो जाँच्ने हृदय हुँदैन ।
औषधि पार्छ ज्वरो यो निको हृदय छुँदैन ॥

घाउ र चोट मलम राखी म निको पारुँला ।
मनको घाउ बल्झन्छ सधैँ कसरी टारुँला ॥

रगत नसा जाँचेर दिन्छन् औषधि दुःखेको ।
भावना-मर्म जाँच्ने हो कस्ले मनमा लुकेको ॥

टाउको जाँची ‘ठीकै छ’ भने औषधि परेन ।
बेदना-पीडा जाँच्छ र कस्ले त्यो कैल्यै टरेन ॥

कम्प्युटर् खोली तिमी नै हेरी कुरा त गरुँला ।
अँगालो भित्र प्यारले बाँधी कहैले पो बेरुँला ॥

म मरि गए टाँगौला फोटो घरको भित्तामा ।
जीवित छँदै टाँग्दैनौ किन मनको कित्तामा ॥

०००
बारीधारा, ढाका, बाङ्लादेश

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म ‘अपराधी’ मतदाता

म ‘अपराधी’ मतदाता

हेमनाथ घिमिरे
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x