साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टाको सालिकमुनि बसेर रचना वाचन गर्दै नयाँ वर्ष मनाइयो

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार कौशल चेम्जोङले उदयपुरमा गम्भीरबहादुर थापाले गर्नु भएको साहित्यिक योगदान तथा सामाजिक जनचेतनाको सन्देश धेरैका मनमा बास बसेको बताउनु भयाे ।

Nepal Telecom ad

उदयपुर, २०८१ वैशाख १ । उदयपुरका स्रष्टाहरूले नयाँ वर्ष २०८१ को अवसरमा स्रष्टाको सालिकमुनि बसेर रचना गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको छन् ।

उदयपुर साहित्य कला प्रतिष्ठान र गम्भीर साहित्य प्रतिष्ठानको संयुक्त आयोजना तथा त्रियुगा नगरपालिका वडा नं ६ को सौजन्यमा भएको सो रचना वाचन कार्यक्रममा उदयपुरका प्रतिष्ठित साहित्यकारहरू र बालकविहरूको सहभागिता रहेको थियो ।

उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षता र वरिष्ठ पत्रकार, साहित्यकार तथा उदयपुरका इतिहासकार कौशल चेम्जोङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कवि कुवेरकान्त काफ्लेले स्वागत मन्तव्य दिएपछि रचना वाचन शुरु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार कौशल चेम्जोङले उदयपुरमा गम्भीरबहादुर थापाले गर्नु भएको साहित्यिक योगदान तथा सामाजिक जनचेतनाको सन्देश धेरैका मनमा बास बसेकोले र समाजलाई विकासको बाटोमा लैजान गरेको योगदानको हामी सबैले कदर गर्नु पर्ने बताउनु भयो ।

उहाँले थापा राजनीतिक रुपमा मात्र होइन साहित्यिक रुपमा पनि सक्रिय पहरेदारका रुपमा रहेको उदाहरण थापाले लेखेको कविताबाट पनि स्पष्ट हुने बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा साहित्यकार पुण्य कार्कीले जनकवि गम्भीरबहादुर थापाको जीवन यापन तथा उहाँले रचना गर्नु भएका तत्कालिन अवस्थाका कविताहरूले आज पनि हामी सबैलाई घोचिरहने र ती रचनाहरू आजको अवस्थामा पनि सान्दर्भिक भएको बताउनु भयो ।

गम्भीरबहादुर थापाका जेष्ठ सुपुत्र गोविन्दबहादुर थापाको उपस्थिति रहेको सो कार्यक्रममा जलजले गाउँमा रहेका जनकवि थापाका आफन्त नातेदारहरूको र स्थानीय बुद्धिजीवी, व्यापारी लगायतकाको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त रचना वाचन कार्यक्रममा त्रियुगा नगरपालिका वडा नं ६ का कार्यबाहक वडाध्यक्ष सुसिल राई, बरुवा क्याम्पसका क्याम्पस प्रमुख भिमबहादुर खड्काले शुभकामना मन्तव्य दिएका थिए भने कविहरू माधव पोखरेल गोज्याङ्ग्रे हरिशरण खतिवडा, गोठकृष्ण ठकुरी, गोपाल कीर्ति, ओमप्रकाश ठकुरी, विरस बाबु शाही, जीवन आरोही, हर्कनारायण श्रेष्ठ, कीर्तिबहादुर खड्का, सरिता पौडेल लगायतकाले रचना वाचन गरेका थिए भने बालकविहरू गरिमा तिम्सिना र दिलासा न्यौपाने लगायतकाले आ आफ्नो रचना वाचन गरेको थिए ।

०००
– माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x