सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कमेडी च्याम्पियनकी सुयशालाई सबै निर्णायकको भोट

जिरे खुर्सानी, गोलमाल, अति भो जस्ता हास्य टेलिशृङ्खलामा अभिनय गरिरहेकी उनी सामाजिक, राजनीतिक र आर्थिक विषयवस्तुमाथि व्यङ्ग्य गर्छिन् । कलाकार सन्तोष खनालकी छोरी सुयशा अन्य ९ प्रतिस्पर्धीका साथ उत्कृष्ट १० भित्र छनौट भएकी छिन् ।

Nepal Telecom ad

काठमाडौँ, २०८० चैत्र ३० । नवलपरासीकी सुयशा खनालले कमेडी च्याम्पियन सिजन- ३ मा आफूलाई दमदार प्रस्तोताका रूपमा चिनाइरहेकी छिन् । बिहीबारको श्रृङ्खलामा उनले चारैजना निर्णायकहरूको भोट पाएकी छिन् ।

प्रस्तुतिका क्रममा निर्णायकहरूलाई उत्कृष्ट लागेको २५ भोट दिन पाउने नियमानुसार चारैजना निर्णायकहरूले आफ्नो भोट दिएर १०० भोटको सुरूवात भएको हो ।

लिटल एन्जल स्कुलमा अध्ययनरत सुयशा ४ वर्षकै उमेरदेखि हास्यव्यङ्ग्य प्रस्तुत गर्दै आइरहेकी छिन् । जिरे खुर्सानी, गोलमाल, अति भो जस्ता हास्य टेलिशृङ्खलामा अभिनय गरिरहेकी उनी सामाजिक, राजनीतिक र आर्थिक विषयवस्तुमाथि व्यङ्ग्य गर्छिन् ।

कलाकार सन्तोष खनालकी छोरी सुयशा अन्य ९ प्रतिस्पर्धीका साथ उत्कृष्ट १० भित्र छनौट भएकी छिन् । रिसभ काफ्ले, सुनिल खड्का, सन्देश देवकोटा, अमरेन्द्र यादव, विरेन प्रधान, कृष्ण गैरे, अच्युत काफ्ले, सन्देश सुवेदी र निश्चल अर्याल छनौट भएको कमेडी च्याम्पियनको तेस्रो शृङ्खलाका क्रममा करिब २ हजार जनाको डिजिटल अडिसनमा सहभागिता रहेको थियो ।

१ सय ३१ को फिजिकल अडिसनमा सहभागिता रहेपछि उत्कृष्ट ३०, उत्कृष्ट १६ हुँदै अहिले उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएको हो ।

असार पहिलो हप्ता अन्तिम नतिजाका लागि ‘फिनाले’ कार्यक्रम आयोजना हुने र विजेताले २५ लाख नगद तथा सोही मूल्य बराबरको कार पुरस्कारमा पाउने आयोजकले जानकारी दिएको छ ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad