साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वास्तु बिग्रिएको गाउँ (१)

अरु त अरु कुख्राको भालेले त पोथी खोज्न बाहेक धमिला घरमा बास्न पाउँदैन सेता घरको भान्सामा जिरा, धनियाँको वास्नासँगै धरो फेरेका बाजेको बटुकामा सिउर हल्लाउन पाउँछ ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

हुन त त्यो गाउँ निकै नाम चलेको गाउँ हो । माथि निकै माथि गुराँस, पात्ले कटुस, उत्तिस, खस्रेटो, भाले ओखर, रस घाग्रीको घारी नै थियो । लम्स्याइलो डाँडो, चौर, खोल्सा खोल्सी, साउनमा निगुरो, चैत बैसाखमा कुुथुर्के उम्रिन्थे । साहु महाजनहरूले टिप्न पठाउँथे शायद लाजले होला तर गरीब दुंखीको त छाक टार्ने मेलो नै थियो । अझ काफल, ऐँसुलु, घँगौरुको बोलबाला भएको मौसम भनेको त हुँदा खानेको लागि दशैँ नै भने पनि हुन्छ यो खाले मौसम त । खुँगी लागेको ठेकी कोर्ने थाकलदेखि, देवी थानमा गरिने भाकलसम्मको सुबिधा थियो । औलामा आँप, कछाडमा चाँप, पोथ्रामा अँगेरी, ध्वाँसे दुलामा भगेँरी, सल्लामा खोटो, मान्छेमो जिउमा भोटो सबै पुगेको छ । बिहान कुम्भकणर्ले ब्युँझाउँछ, राति सुसाएको खोलाको संगीतले उँघाउँछ । भाले बास्दा उठ्ने चलन भने लगभग हरायो पनि । सिउर पलाउँन नपाउँदै कराहीमा भुट्न थाले ।

यस्तो भएर पनि यो गाउँको वास्तु मिलेको छैन । अनिष्टले छेकारो मार्छ प्राय । गाउँमा थोरै घर सेता छाना छन् तर तीनै सेता छाना भित्र धेरै दाना छन्, पाथी छन् माना छन् अनि परिकार परिकारका नाना र खाना छन् । गाउँका अरु सबै अग्ला भएर पनि साना छन् । बाम पुडके भनौँ भने पाँच मिटर खाँडीले दौरा सुरुवाल मात्र पुग्छ टोपी पुग्दैन । ठूला भनौ भने सभामा उपस्थित भएर पनि देखिँदैनन मानौ घिउ कमिला हुन् । घिउ कमिलाको बोली सुँन्ने र बुझ्ने ल्याकत राख्ने ह्याउ बोकेको मान्छे आमाले जँन्माएकै छैनन् जस्तो ।

वास्तु मिलाउने जेठा बा पनि नभएका होइनन् । सय वर्ष अघि देखिका पात्रा रुमालमा कसेर राखेकै छन् । जन्म मिति प्राय सबैको टिपेका छन् तर नाम जुराउने बेलामा सेता छाना भएका घरमा जन्मेका वच्चाको नाम श्याम, सीता, हरी राम जस्ता भगवानको नामबाट जुर्छ । लक्ष्मी त वरदान नै हो तर “क” लाई कति राम्रो चित्र भने पनि सरस्वति नाम जुराएकै हुन्छन् जेठा बाले । नत्र जेठा बाको पनि वास्तु नमिलेर राति नै ठाउँ सारी गर्नु पर्छ ।

हाम्रो गाउँमा सेता भन्दा म धमिला घर पाँच गुणा धेरै होलान् । ती कुनै घरको वास्तु मिलेको छैन । अरुसँग नाम पनि मिल्दैन यी घरका लुरे ख्याउटेको । जेठा बाको पात्रोमा सत्ताइस नक्षत्र मात्रै छैनन् अरु पनि थपिएका छन । राशि चै उति नै होलान । मिले पनि कस्तो हुन्छ भने ओवाविवु रोहिणी नक्षत्रको तेश्रो पाउ बाट नाम जुर्यो भने घर हेरी जेठा बाले सेता घरमा जन्मिएकाको विष्णु र फुस्रो घरमा जन्मिएकाको बिर्खे राखि दिन्छन । यसो नगरे फेरि जेठा बाको कुम्लो तयार भै हाल्छ । अरु नाम पनि हेरौँ न काले, च्याम्सी, डल्ले, पुड्के आदि आदि ।

गाउँको वास्तु नमिले पछि अनेक अनेक हुन्छ । गाउँमा राम्रो भैँसी ब्याउने भयो भने भैसी आफैँले सेतो घर ताक्छ । जुरे गोरु सेतो घरमै धाउँछ । गतिलो बोको खसी नपरुन्जेल मात्रै हो धमिला घरको आँगनमा उफ्रिने खसी परे पछि त दाना पानी निथारेर डोरिने सेता घर तिरै हो नि । अरु त अरु कुख्राको भालेले त पोथी खोज्न बाहेक धमिला घरमा बास्न पाउँदैन सेता घरको भान्सामा जिरा, धनियाँको वास्नासँगै धरो फेरेका बाजेको बटुकामा सिउर हल्लाउन पाउँछ ।

भन्न त भनेकै हुन् लोकतन्त्र आए पछि गाउँको वास्तु आफैँ मिल्छ भनेर । मिल्न पनि मिल्यो तर सेता घर झन सेता भए आँखै टिप्ने गरि । धमिला अझै धमिला भए दिउसै बत्ति बालेर खोज्ने गरी । बरु सेता घर को वास्तु मिलेर होला । शहरमा मुण्डा बनेर उभिएका छन् । लौ न वास्तु मिलाउने जेठा बा खोजौँ ।
जदौ !
क्रमशः……

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x