साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोथेमहाराजको उर्दी !

दाह्रा न किट्नू, पाखुरा सुर्की नहाल्नू आशा आकाङ्क्षा सप्पै खुर्की फाल्नू हे भुक्तमान जनताजनार्दन ! मेरो भजन गाउँदै लाखबत्ती बाल्नू !

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

शिशीर नजानू, वसन्त न आउनू
भाले नबास्नू, कोइली न गाउनू
बोका छँदैछन्, हलगोरु न दाउनू
हे गर्भवतीहो ! नानी न पाउनू !

साँझ- बिहान अघाई न चुठ्नू
सुतिरहनू, सखारै न उठ्नू !
हे लम्फुदास ! प्यारा प्रजा हो !
फुटिरहनू, कहिलै न जुट्नू !

चुनाव न आउन्जेल उपवास बस्नू
भोक तीर्खा लागे पटुकीले कस्नू
चुनावभरि मनमौजी भतेर खानू
उप्रान्त चुपचाप नर्कवास जानू ।

दाह्रा न किट्नू, पाखुरा सुर्की
नहाल्नू आशा आकाङ्क्षा सप्पै खुर्की
फाल्नू हे भुक्तमान जनताजनार्दन !
मेरो भजन गाउँदै लाखबत्ती बाल्नू !

०००
पेप्सीकोला, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x