सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्वयम्भूका आँखा

प्रत्येक दिन कर्‍याङकुरुङका बथानहरू मनमा सपना र पेटमा भोकको आगो बोकेर परदेश जान्छन्, आज पनि उसरी नै गए । जे हुँदैछ स्वयम्भूका आँखा अगाडि नै हुँदैछ ।

Nepal Telecom ad

भरत गुरागाईं बर्बरिक :

बाँदरकै अन्न बन्यो मकै,
यसपालि पनि खोसेल्टा हेरेर नै अघाउने भए
तुइन चढेर स्कुलबाट फर्केका बच्चाहरू ।

अन्यायले पिल्सिएको
विधवाको एउटा मिसिलले
अदालतको ढोका ढक्ढक्यायो,
मुल्तवी चाङबाट बेन्चमा आइपुग्न
वर्षौँ कुर्नु पर्नेछ,
जबकि पीडितको नाममा
श्रद्धाञ्जली आइसकेको हुनेछ ।

सुनसर्जरीले जिन्दगी सुन्दर बनाएकाहरूले
जिन्दगीमा सुन नै नदेखेको
कसम खान सक्छन्
तामा, तुलसी र गीता छोएर,
अचम्म हुने छैन ।

प्रत्येक दिन
कर्‍याङकुरुङका बथानहरू
मनमा सपना र पेटमा भोकको आगो बोकेर
परदेश जान्छन्,
आज पनि उसरी नै गए ।

जे हुँदैछ
स्वयम्भूका आँखा अगाडि नै हुँदैछ ।

०००
मोरङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
सपना

सपना

भरत गुरागाइँ बर्बरिक
प्रतिशोध

प्रतिशोध

भरत गुरागाइँ बर्बरिक
याे दशैँमा

याे दशैँमा

भरत गुरागाइँ बर्बरिक
साँझ

साँझ

भरत गुरागाइँ बर्बरिक
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख