साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वयम्भूका आँखा

प्रत्येक दिन कर्‍याङकुरुङका बथानहरू मनमा सपना र पेटमा भोकको आगो बोकेर परदेश जान्छन्, आज पनि उसरी नै गए । जे हुँदैछ स्वयम्भूका आँखा अगाडि नै हुँदैछ ।

Nepal Telecom ad

भरत गुरागाईं बर्बरिक :

बाँदरकै अन्न बन्यो मकै,
यसपालि पनि खोसेल्टा हेरेर नै अघाउने भए
तुइन चढेर स्कुलबाट फर्केका बच्चाहरू ।

अन्यायले पिल्सिएको
विधवाको एउटा मिसिलले
अदालतको ढोका ढक्ढक्यायो,
मुल्तवी चाङबाट बेन्चमा आइपुग्न
वर्षौँ कुर्नु पर्नेछ,
जबकि पीडितको नाममा
श्रद्धाञ्जली आइसकेको हुनेछ ।

सुनसर्जरीले जिन्दगी सुन्दर बनाएकाहरूले
जिन्दगीमा सुन नै नदेखेको
कसम खान सक्छन्
तामा, तुलसी र गीता छोएर,
अचम्म हुने छैन ।

प्रत्येक दिन
कर्‍याङकुरुङका बथानहरू
मनमा सपना र पेटमा भोकको आगो बोकेर
परदेश जान्छन्,
आज पनि उसरी नै गए ।

जे हुँदैछ
स्वयम्भूका आँखा अगाडि नै हुँदैछ ।

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
सपना

सपना

भरत गुरागाइँ बर्बरिक
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x