साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी, पैसा र रात

बिष्फोटनको आवाज हो यो मानौं सुरुङभित्र बारुद पड्किएको आवाज हो यो । आवाजको लहर क्रमश: फैलिंँदैछ बस्तीमा । रात विरुद्ध मान्छे उठ्नेछन् । उज्यालो हुँदैछ ।

Nepal Telecom ad

भरत गुरागाईँ बर्बरिक :

काँडेदार झोस
झोस मास्तिर जाल
जाल मुन्तिर पेशेवर शिकारी
शिकार गरिरहेछ पालो-पालो सबैलाई ।
चाराको लागि
उदात्त उडान भरिरहेका पंक्षीहरु
एकएक गरी
झर्दै र मर्दैछन् झोसमा
शिकारी शिकार गर्दैछ ।
लज्जाले भरिएको कुर्सी,
कुर्सी माथि केही पैसा
भ्रष्टाचार गरिएको पैसा,
छोपेको छ कालो कपडाले
भ्रम छर्ने पेशेवरहरु
सुन्दर सपना बाँड्छन्
शिकारीको शिकार निरन्तर छ ।
साना नानीहरु समेत
चुइगम थुक्दैछन् कुर्सीमा
कुर्सीसँग शरीरको विनिमय देखेर ।
आदर्शको बकवास
नीतिको उपदेश
छातीको प्रदर्शन
अधिकारवादको नारा
सम्पूर्ण रातले निलिहाल्छ ।
भयङ्कर आवाज
बिष्फोटनको आवाज हो यो
मानौं सुरुङभित्र बारुद पड्किएको आवाज हो यो ।
आवाजको लहर
क्रमश: फैलिंँदैछ बस्तीमा ।
रात विरुद्ध मान्छे उठ्नेछन् ।
उज्यालो हुँदैछ ।

०००
माेरङ
(आसन्न कवितासङ्ग्रह “बर्बरिकका कविताहरू”मा सङ्ग्रहित)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
सपना

सपना

भरत गुरागाइँ बर्बरिक
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x