भरत गुरागाइँ बर्बरिकबन्दुक
उहिल्यैदेखि बन्दुकलाई मन पर्ने अरु नै कुरा छन् । बन्दुकलाई यथास्थिति मन पर्छ बन्दुकलाई रगत मन पर्छ बन्दुकलाई आँसु मन पर्छ बन्दुकलाई मौनता मन पर्छ । खासमा बन्दुकलाई कुर्सी मन पर्छ ।

भरत गुरागाईं बर्बरिक :
बन्दुकको आँखा हुँदैन
बन्दुकको विवेक हुँदैन ।
जतिसुकै ठूलो आवाजमा पड्किए पनि
कायर हुन्छ बन्दुक,
छाती छेडेपनि बीच सडकमा
डरपोक हुन्छ बन्दुक ।
बन्दुकलाई जीवन बोक्ने नदी मन पर्दैन
प्राण बोक्ने बतास मन पर्दैन
चराहरुको उडान र बच्चाहरु मन पर्दैन
बन्दुकलाई इन्कलाबी आवाज मन पर्दैन ।
उहिल्यैदेखि
बन्दुकलाई मन पर्ने अरु नै कुरा छन् ।
बन्दुकलाई यथास्थिति मन पर्छ
बन्दुकलाई रगत मन पर्छ
बन्दुकलाई आँसु मन पर्छ
बन्दुकलाई मौनता मन पर्छ ।
खासमा बन्दुकलाई कुर्सी मन पर्छ ।
भनेँ नि
बन्दुकको आँखा हुँदैन
बन्दुकको विवेक हुँदैन ।
०००
माेरङ
Subscribe
Login
0 Comments
Oldest







































