साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई गोरु बनाउने गुरुहरू

माछा, मासु, लसुन पियाज केही नखाने ती गुरुजी अर्काको जागिर खानमा खप्पिस थिए । कैयौँ सहकर्मी शिक्षकलाई उनले काइते बुद्धि लगाएर घाइते बनाएर ढाक्रेमा प्रमोसन गरिदिए । गुरु शिष्यका बीच राजनीतिक सम्बन्ध हुनुपर्छ भन्ने गुरु मन्त्र यिनैले हामीलाई पहिलोपल्ट दिए ।

Nepal Telecom ad

मुकुन्द आचार्य :

मैले परिवार नियोजन गरेपछि धेरै सायीले कागी बजाएर टिप्पणी गरे- ‘अब त सोह्रै आना गोरु भइस् ।’ व्यङ्ग्यकार भएर होला मेरो च्यातिएको मुखबाट पनि प्याच्च निस्किहाल्यो, साँढे भएर अर्कोको बालीनाली चार्दै हिँड्नुभन्दा र श्रीमतीलाई फुटबल ग्राउन्ड बनाउनुभन्दा त गोरु भएर आफ्नो परिवार भनाउँदो गाडा तान्नु नै बेस !

म वातावरणीय तनाव कम पार्नलाई जीवनको जुन अशुभ घडीमा भुराभुरीको गुरुजी भएँ, त्यसैबेलादेखि म गोरु भैहालेँ नि । घाँसी देखेर मानुभक्त बुढालाई कविता रच्ने झोँक चले जस्तै मैले पनि तत्काल तुकबन्दी गरेँ – धेरै काम थोरै माम, गोरुजी हो मेरो नाम । पहिलेका राणाभन्दा हामी पनि कम छैनौँ । उनीहरू सालनालसहित जर्नेल कर्नेल हुन्थे मने हामी पनि च्याहाँ गर्नासाथ आचार्य हुन्छौँ । आचार्य भएपछि गुरुजी हुन र गुरुजी भएपछि गोरुजी हुन के बेर ?

अचेल म आफ्ना शात स्मरणीय गुरुहरूलाई भयङ्कर रूपमा सम्झिरहन्छु । यद्यपि केटाकेटी छँदा प्रात स्मरणीय को अर्थ बिहानै मर्ने मन्ठान्थे । म जस्तै दुःखीजन्तु नि पनि थिए भनेर सम्झन्छु आर्य संस्कृतिको गुरु शिष्य परम्परानुसार श्रद्धाले पग्लेर सम्झेको होइन ।

सर्वप्रथम म आफ्ना ती शनिश्चरे गुरुलाई सम्झन्छु, जो मेरो कल्याणको ठेक्का लिएर मुगलानबाट चर्न मनी नेपाल भूमिमा विराजमान थिए । त्यतिखेर घनघोर राष्ट्रवादीहरू नेपालमा नभएको हुनाले उनलाई ‘वर्क परमिट’ को झ्याउलो भएन । उनको शिष्यत्व ग्रहण गर्नु मेरो बालककालको प्रथम दुर्घटना थियो किनभने त्यतिखेर म बालक थिएँ र गुरुजी साक्षात् कालजस्ता थिए ।

काठमाडौंका महाँकाल जस्तो देखिने तो गुरुजीको पनि प्रत्येक शनिबार नबिराई हामीले सिदा- दक्षिणा दिएर ग्रहशान्ति गर्नुपथ्र्यो । (यस प्रथालाई हाम्रो तराई भेगमा ‘शनिचरा पूजा’ पनि भन्ने गर्दै साताका अन्य दिनहरूमा गुरुजी मुगलानतिर हराए पनि शनिबार बिहान भने टुप्लुक्क आइपुग्नु हुन्थ्यो । गुरुजी यसरी अदृश्य रहेको शुभ घडी हेरी हाम्रो शिष्यमण्डलीको अखुसीले कोशीको बाढी बनेर गाउँलेको अम्बा, केरा, आँप, लिची, जामुन, इमली, कागती आदि कटान गरेर लैजान्थ्यो । गुरु शिष्य दुवैको प्रिय दिन पर्ने हुनाले पनि सर्वप्रथम ‘शनैश्चराय नमः ।’

अर्का गुरु थिए-माउरीले बसाइँ सरी सकेपछिको रित्तो चाका ठ्याकै छ्याका भएका तर आफ्नो जुल्फीको जरामा तेलको सिँचाइ उदारतापूर्वक गर्जे । कहिलेकाहीँ तेल बगेर उनको दुवै कन्चटमा शोभायमान हुँदा उन्मत्त गजराजको गण्डस्थलबाट मद चुहिएको मान हुन्थ्यो ।
गुरुजी धूमपानका धेरै सौखिन थिए । उनका हातमा पडीको साटो बिँडीको मुठा र सलाई हुन्थ्यो । कहिलेकाहीँ गुरुजी दीर्घशड्का निवृत्त हुन गएको बेला पारी हामी केही प्रतिभाशाली शिष्यहरू अतिरिक्त क्रियाकलापअन्तर्गत बिँडी स्वाट्ट स्वाट्ट तानेर प्राणायामको अभ्यास गथ्र्यौँ । मेरा धेरै साथीले प्राणायामको त्यो प्रक्रिया अझैँ पनि चालु नै राखेका छन् । यसबाट उनीहरूलाई अपेक्षित लाभ पनि भएको छ र उनीहरू जुनसुकै बेला पनि आफ्नो श्वास प्रश्वास क्रियालाई रोकेर यो पापी दुनियाँबाट मुक्त हुनसक्छन् ।

एकजना अर्का गुरुजी थिए उत्कट धूमपायी । तर नेपाली मन्त्रिमण्डलमै उनी पनि अन्तर्राष्ट्रिय अनुदानमा आस्था राख्थे र बिँडी सलाई कहिल्यै किन्दैनथे । बिहान, दिउँसो, साँझ र राति गरेर एउटा बिँडीलाई चार चरणमा उनी तर लगाउँथे । यी गुरुजीमा अद्भुत विशेषता पनि थियो- कुनै छात्रले बिँडी सिगरेट तानेको देखेँ भने मुष्टिका, चरणपादुका र अपशब्दावली गाली यी तिनै वस्तु मिलेर बनेको त्रिशूल प्रहार गर्थे । रिसाएको बेलामा मात्र उनी अङ्ग्रेजीमा बोल्थे र भन्थे, ‘डु ह्वाट आई से. नेभर डु हवाट आई डु मास्टरी नगर भनेको हो कि बिँडी नखाऊ भनेको हो त्यो रहस्य शिष्य मण्डलीमध्ये कसैले पनि आजसम्म बुझ्न सकेनन् ।

मेरा अर्का गुरु थिए, साताका एक दिन मौनव्रत धारण गर्थे, अरु दिन अरूलाई बोल्ने पालो पनि नदिने । उनले बोल्न थाले भने अर्धविराम, पूणर्विराम कतै केही हुँदैनथ्यो । यद्यपि भनाइअनुसार भाषामा उनको राम्रो दखल थियो । हामी भन्थ्यो भाषामा होइन भाषणमा गुरुजीको राम्रो दखल छ । माछा, मासु, लसुन पियाज केही नखाने ती गुरुजी अर्काको जागिर खानमा खप्पिस थिए । कैयौँ सहकर्मी शिक्षकलाई उनले काइते बुद्धि लगाएर घाइते बनाएर ढाक्रेमा प्रमोसन गरिदिए । गुरु शिष्यका बीच राजनीतिक सम्बन्ध हुनुपर्छ भन्ने गुरु मन्त्र यिनैले हामीलाई पहिलोपल्ट दिए । एकपल्ट उनको रक्त जाँच हुँदा हेमोग्लोबिनभन्दा राजनीतिक कीटाणुहरूले बढी फेला परेका थिए रे ।

म गर्वका साथ घोषणा गर्न सक्छु यस्ता गन्नै र भन्नै नभ्याउने गुरुहरूको ज्ञानले म पूणर्रूपमा गोरु भएको छु । यस गोरुपनलाई गुरुप्रसाद भनेर बोकेर हिँड्दैछु तसर्थ धेरैलाई आफूजस्तै गोरु बनाउँदै हरियो नोट चर्नका लागि जीवनका विभिन्न चरनमा पठाउँदैछु । भगवान्ले उनीहरूको आत्मालाई आर्थिक शान्ति दिऊन् ।

०००
कलैया, बारा हाल : हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x