साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सजिलो छैन नेता हुन

सक्कली नेता हुनलाई नक्कली हाँसो हाँस्न सक्नुपर्छ । चन्दा-कमिसन र भ्रष्टाचारको भरमा सपरिवार बाँच्न सक्नुपर्छ । आफैँले जसलाई मार्न लाइयो उसकै शोकसभामा सक्नुपर्छ क्वाँक्वाँ रुन । त्यसैले मत भन्छु अचेल सजिलो छैन नेता हुन ।

Nepal Telecom ad

मुकुन्द आचार्य :

गलत् हुन् ती,
जो भन्छन्
केही बन्न नसक्नेहरू नै
पछि नेता बन्छन् ।
म भन्छु,
निल आर्मस्ट्रङलाई
बरु सजिलो भयो होला
चन्द्रमा छुन तर सजिलो छैन नेता हुन ।

सानैदेखि कपटको क्याप्सुल
गुन्डागर्दीको ग्लुकोज डी
चाकरी र चुक्लीको च्यवनप्रास
बेइमानीको बुस्ट
बेइज्जतीको बर्नभिटा
सिल्लीपनको सिरप
हुल्याइँको हर्लिक्स
खाएर गैंडा वा सुंगुरजस्तो
भएको व्यक्ति नै
सके पिएम
नसके जिएमको कुर्सी
एक मात्र उसैले छुन सक्छ
तसर्थ, चम्चागिरीको यस स्वणर् युगमा
भोलि नेता हुन सक्छ
व्यवहार कुशलहरूलाई सजिलो होला
नेताको मुख सैम्पेनले धुन
तर सजिलो नठान्नू नेता हुन ।

पढाइमा जिरो भए पनि
हुल्याइँमा हीरो हुने
जिउमा हुति नभए पनि
मञ्चमा भाषण छाँट्दा
जीरे खुर्सानी पीरो हुने
आधुनिक नारद भई
अर्काको घर र आफ्नो पार्टी फुटाउन सक्ने
पहिले स्वयंले नै थुन्न लाउने
पछि फेरि साखुल्ले भई छुटाउन आउने
यस्ता सद्गुणहरूका खानी
नेताको आनी-बानी
सबैका कहाँ पाउनु
नेतृत्वको मानी !

सक्कली नेता हुनलाई
नक्कली हाँसो हाँस्न सक्नुपर्छ ।
चन्दा-कमिसन र भ्रष्टाचारको भरमा
सपरिवार बाँच्न सक्नुपर्छ ।
आफैँले जसलाई मार्न लाइयो
उसकै शोकसभामा सक्नुपर्छ क्वाँक्वाँ रुन ।
त्यसैले मत भन्छु
अचेल सजिलो छैन नेता हुन ।

०००
‘नारायणीका सुसेली’, वीरगन्ज, (२०५२)
‘नेपाली हास्यव्यङ्ग्य कविता’ (२०७५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
सत्य बात

सत्य बात

बिन्दु दहाल ‘मूकदर्शक’
सानले मर्न पाऊँ

सानले मर्न पाऊँ

हेम अधिकारी
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x