साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नोकरी भर्सेज चाकरी

हुँ चम्चा बिगार्ने भजाएर नाउँ अरू भोकमा छन् म नैं भन्छ खाऊँ । लुटेराहरूको गरूँ चाकरी म तिनैको हुँ सेवी गरूँ नोकरी म ।।

Nepal Telecom ad

उत्तम विचार :

गरूँ चाकरीले चिनारी बदल्छ
विनाचाकरीले कहाँ देश चल्छ ।
चढाएर भेटी खुसी राख्न पाऊँ
सधैँ मिल्छ आशिष् म द्यौता जगाऊँ ।।१।

कहाँ हुन्छ पूजा विनाफूलपाती
जहाँ हुन्न नैवेद्य बल्दैन बाती ।
सधैँ भोग खाने चिनी देवदेवी
बनूँ भक्त आफैँ बनूँ नित्य सेवी ।।२।

कतै हुन्न राम्राहरूको बखान
सधैहुन्छ हाम्राहरूको बखान ।
भए भ्रष्ट जाली फटाहा निकम्मा
तिनैको छ चर्चा नमानौँ अचम्म ।।३।

नुहाई गधा हुन्न गाई कदापि
म चोखो भनी भ्रष्ट डुल्छन् तथापि ।
नमस्कार खाए पचाए सलामी
सधैँ चाकरीमैं भयौँ व्यस्त हामी ।।४।

हुँ चम्चा बिगार्ने भजाएर नाउँ
अरू भोकमा छन् म नैं भन्छ खाऊँ ।
लुटेराहरूको गरूँ चाकरी म
तिनैको हुँ सेवी गरूँ नोकरी म ।।५।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x