साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सृष्टि र दृष्टि

मैले आफ्नी बूढीलाई हाकिमकै बूढी ठानेँ आफूलाई चैँ बूढीको नाठो मानेँ महिनामा दुइ चार दिन म कहाँ पनि आएर बस्छिन् त्यस छोटो सहवासलाई अफिसले दिएको बोनस ठानेँ !

Nepal Telecom ad

काठमाडौंको अपरिचित हुलमा
पुराना परिचित भेटिए
तर बिचरा निकै दुखी देखिए !
मलाई चिया नास्ता ख्वाएर
सार्वजनिक पसलमा
गोप्य रुपमा रुन थाले !
‘आचार्य सर ! मा ठूलो कष्टमा छु !
आफ्नै आङ् कन्याएर
आफ्नो छारो उडाउँदैछु !’

मैले सहानुभूति देखाएँ
के भयो र त्यस्तो ?
भन्दै उनको घाउमा मलम लाएँ !
उनले भो, मेरो त जहानै डुब्यो !
रुनु न हाँस्नु भा’छ !
धेरैले भन्छन्
मेरी बूढीको त हाकिमसँग लपसप भा’छ !

मैले धैर्य राख्नू भने
उनको दुःखमा दुखी भई
चियाको पैसा स्वयं भुक्तान गरेँ  !

केही महिनापछि
पुनः ती परिचित भेटिए
भयङ्कर प्रसन्न मुद्रामा देखिए !
घुमाउरो पारामा सोधेँ
तपाइँको घरेलु समस्या सल्टियो ?

उनले हाँस्दै भने
‘मेरो दृष्टि पल्टियो
समस्या त्यत्तिकै सल्टियो
मैले आफ्नी बूढीलाई
हाकिमकै बूढी ठानेँ
आफूलाई चैँ बूढीको नाठो मानेँ
महिनामा दुइ चार दिन
म कहाँ पनि आएर बस्छिन्
त्यस छोटो सहवासलाई
अफिसले दिएको बोनस ठानेँ !
आफैँलाई संझाएँ
यो हाकिमकै बूढी हो !
मेरी बूढी हुँदै हैन !

अचेल त हाकिम
मलाई निकै मान्दछन्
मेरी बूढीलाई द्रौपदी
आफूलाई युधिष्ठिर
र मलाई अर्जुन ठान्दछन् !’

०००

फित्काैलीमा प्रविष्ट  मिति :  कात्तिक २५, २०७०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x