साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ड्याङका सप्रेका मूला

अष्ट्रेलियावासी मित्रजस्तो भुलक्कड आफू नभएकोमा उसले गौरवान्वित महशुस गर्‍यो । मोटरसाइकल हाँक्दाहाँक्दै ऊ मुस्कुरायो । मुस्कानसँगै जुँगा मुसार्न थाल्यो । धत् !! मास्क त लाउनै बिर्सेछु ।

Nepal Telecom ad

“तपाईं पनि त्यही ड्याङको मूला त हो नि !” आवाजमा थोरै चढाव ल्याएर स्वास्नी बोली । त्यो सुनेर लोग्ने मुस्कुरायो । धन्न मेरी बूढीले मलाई ड्याङमा राखेकी रहिछे । तल झारेर कुलेसोमा राखेकी रहिनछे । कुलेसो ड्याङभन्दा होचो हुन्छ । ड्याङ कुलेसो भन्दा अग्लो हुन्छ । आज आफूलाई स्वास्नीले त्यही उच्चासनमा सजाएकोमा लोग्ने दङ्ग छ । ऊ स्वास्नीप्रति कृतार्थ छ ।

यी लोग्नेस्वास्नी भिन्दाभिन्दै कार्यालयमा कार्यरत कर्मचारी हुन् । अड्डाकर्मका अतिरिक्त यी दुईका अरू पनि थुप्रै भूमिका छन् । लोग्ने टोल सुधार समितिमा र स्वास्नी टोल महिला समितिमा सकृय रुपमा सहभागी हुन्छन् । इष्टमित्रसँगको सम्बन्ध, विवाह व्रतबन्ध सामाजिक दायित्व निभाएकै छन् । यी दुबै आआफ्नो एलुम्नाई एशोसिएशनहरूमा पनि आक्कल-झुक्कल पुग्छन् ।

घरधन्दा सरसफाई पकाइतुल्याई कस्को हुँदैन र ! त्यो उनीहरूले पनि गरेकै छन् । घरका नियमित काम स्वास्नी चाहिँ आफूले मात्र गरेको छु भन्ठान्छे । लोग्ने चाहिँ मैले पनि गरेकै छु नि भन्छ । बाहिरबाट तपाइँ हामीले हेर्दा घरधन्दामा स्वास्नी चाहिँकै बढी सहभागिता देखिन्छ । त्यत्रो घर बढार्न परिहाल्यो । सके दिनहुँ नसके एक दुई दिनको अन्तरमा मोपिङ पनि गर्न परिहाल्यो । भात पकाउने र भाँडा माझ्ने काम त लिसै लागेको हुन्छ नै । लोग्ने चाहिँ केहि विशेष काममा मात्र सहभागी हुन्छ- जस्तो कि दराज, खाट, सोफा सारेर अन्तरकुन्तर सफा गर्ने, घरको छाना पिंढी आँगन पखाल्ने, सिलिङमा सजिएको माकुरीघर भत्काउने आदिआदि । चामल, पिठो, ग्याँस, आलु, पानीको जार जस्ता गरुँगो सामन खरिद गरि ल्याउने लगायतका कार्य पनि लोग्ने नै गथ्र्यो ।

यसका अतिरिक्त ऊ हल्का कविता कथा निबन्ध पनि लेखिटोपल्छ । शनिबार त आउनै हुन्न रातेको एक्सिलेटर बटारेर ऊ कविगोष्ठीतिर हान्निन्छ । त्यसैको तयारी गर्न होला ऊ मोबाइलमा के के के के लेखिरहन्छ । यहि देखेर होला स्वास्नी बेलाबेला झर्किन्छे । तपाईलाई मोबाइलमा घोप्टिने लत लागिसक्यो भन्छे ।

हुन पनि उसको लत जँड्याहाको भन्दा दोब्बर छ । चुरोट तान्नेको भन्दा चौबर छ । लोग्नेस्वास्नी सँगै भात खान बस्छन् । लोग्ने भात खाएर अफिस पोशाक लाउने भनेर कोठामा छिर्छ । स्वास्नी सुसेधन्दा सकेर आएर कोरीबाटी गर्छे, अफिस पोशाकमा सजिन्छे । त्यति बेरसम्म पनि लोग्नेले लुगा लाएकै हुँदैन । मोबाइलमा घोप्टिएकै हुन्छ । अफिस पनि जान नपर्ने हो कि ? स्वास्नी झर्किन्छे । म छोडेर गैदिन्छु अनि ! भनेर घुर्की लाउँछे । त्यो घुर्की चैं अलि मिल्दैनथ्यो । किनभने मोटरसाइकल चलाउँथ्यो लोग्ने । त्यसैको पछाडि बस्ने स्वास्नी । लोग्नेले उनलाई उनको अफिस पुर्‍याएर मात्र आफ्नो अफिस जाने गर्छ ।

आजैको घट्ना पनि अचम्मकै छ । उसको एउटा कवि मित्र अचेल अष्ट्रेलिया गएका छन् । भन्नेहरूले त ती मित्र डाइफर भिसामा गएको हो पनि भने । तेतेभिसामा गएको हो पनि भने । गुन्द्रुक भिसामा गएको हो पनि भने । तर उसलाई भने त्यो कुरामा पटक्कै विश्वास छैन ।

उसको अष्ट्रेलियावासी मित्र सिड्नीदेखि मेलवर्नसम्म अनेकौं शहरहरू घुमेको फोटो दैनिक रुपमा उसले देखेको छ । कहिले समुन्द्री किनाराको आनन्द, कहिले सफा सडक र पार्कहरू दृष्य । साथमा जीवनसँगिनी विष्णु भाउजू हुनुहुन्छ । छोराबुहारी गाइड छन् । मित्रको अष्ट्रेलिया सयर स्वादिलो छ । कहिले दुई डलरको कफी खाएको बखान छ कहिले टापुमा निर्मित उपनिवेश कालिन कारागारको कथा छ ।

साँच्चै भन्ने हो भने कविमित्रको अष्ट्रेलिया भ्रमण कर्दम ऋषि र मनुपुत्री देवहुतीको पौराणिक विश्व भ्रमणजस्तै रोमाञ्चक लाग्छ ।

तिनै कविमित्रले आज फेसबुकमा एउटा कथा पोष्ट्याए । चप्पल लाउनै बिर्सेर सडकमा पुगेको रोमाञ्चक कहानी थियो त्यहाँ । आज ऊ अफिस जाने हेक्का नराखेर त्यही पढेर बसेछ । स्वास्नी आएर झर्किएपछि बल्ल झस्याङ्ग झस्क्यो । अझ तयारी बिर्सेर उसले अष्ट्रेलियाबासी कविमित्र रेवतीरमण चौलागाईंको कथा सस्वर वाचेर स्वास्नीलाई सुनाउन थाल्यो । सुनेर उनी पनि मुस्कुराइन् । यो कविता लेख्ने मान्छेहरू त्यस्तै हुन्छन् कि क्या हो ? तपाईं पनि त्यही ड्याङको मुला त हो नि । यी यसरी अफिस जानै बिर्सिनुहुन्छ ।

उसले घडी हेर्‍यो सवा नौ भैसकेछ । हत्त न पत्त लुगा लाएर राते निकाल्यो । पत्नीलाई पछाडि राखेर एक्सिलेटर बटार्‍यो । कतै चप्पल लाउन त बिर्सिएन ! कुद्दाकुद्दै उसको नजर खुट्टातिर पर्‍यो । धन्न जुत्ता लाएको रहेछ । अष्ट्रेलियावासी मित्रजस्तो भुलक्कड आफू नभएकोमा उसले गौरवान्वित महशुस गर्‍यो । मोटरसाइकल हाँक्दाहाँक्दै ऊ मुस्कुरायो । मुस्कानसँगै जुँगा मुसार्न थाल्यो । धत् !! मास्क त लाउनै बिर्सेछु ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x