साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तस्विर

त्यो दिन आउनेछ, हजारौँ लाखौँ वर्षपछि पुरातत्वविद्हरू मङ्गलगान गर्दै आउनेछन् अर्को ग्रहबाट हराएको तस्विर खोज्न । दुईवटा जिवित आँखा उत्खनन् हुनेछ- त्यहीँ भेटिनेछ मान्छेको तस्विर ।

Nepal Telecom ad

भरत गुरागाईँ बर्बरिक :

तस्विर धुमिल देखिएपछि,
पुछ्दा पुछ्दैको ऐना
झर्‍याम्म भुइँमा खसेपछि,
ऐनापनि सकिन्छ, तस्विर पनि हराउँछ ।

अन्जुलीमा उठेको दहको पानीमा
भैँसीको आहाल छ,
चेपागाँडाको सगबग
जूकाहरूको नृत्य
हिलोको वायुमण्डल छ,
खोज्न सक्दैन मान्छेले त्यहाँ
आफ्नो अनुहार ।

कालोपाटीबाट मेटिएझैँ
मेटिँदै जानेछन् तस्विरहरू,
मरुयात्राका पाइतालाका डोबहरू हराएझैँ
हराउनेछन् अतीतका यादहरू,
बाढीले बगाएर प…र पुर्‍याएपछि
बगरको ढुङ्गो बन्नेछ मान्छेको तस्विर,
कुनै दिन मान्छेले
स्वयम् आफूलाई हराउनेछ ।

त्यो दिन आउनेछ,
हजारौँ लाखौँ वर्षपछि
पुरातत्वविद्हरू मङ्गलगान गर्दै
आउनेछन् अर्को ग्रहबाट
हराएको तस्विर खोज्न ।

दुईवटा जिवित आँखा उत्खनन् हुनेछ-
त्यहीँ भेटिनेछ मान्छेको तस्विर ।

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
सपना

सपना

भरत गुरागाइँ बर्बरिक
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x