सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तस्विर

त्यो दिन आउनेछ, हजारौँ लाखौँ वर्षपछि पुरातत्वविद्हरू मङ्गलगान गर्दै आउनेछन् अर्को ग्रहबाट हराएको तस्विर खोज्न । दुईवटा जिवित आँखा उत्खनन् हुनेछ- त्यहीँ भेटिनेछ मान्छेको तस्विर ।

Nepal Telecom ad

भरत गुरागाईँ बर्बरिक :

तस्विर धुमिल देखिएपछि,
पुछ्दा पुछ्दैको ऐना
झर्‍याम्म भुइँमा खसेपछि,
ऐनापनि सकिन्छ, तस्विर पनि हराउँछ ।

अन्जुलीमा उठेको दहको पानीमा
भैँसीको आहाल छ,
चेपागाँडाको सगबग
जूकाहरूको नृत्य
हिलोको वायुमण्डल छ,
खोज्न सक्दैन मान्छेले त्यहाँ
आफ्नो अनुहार ।

कालोपाटीबाट मेटिएझैँ
मेटिँदै जानेछन् तस्विरहरू,
मरुयात्राका पाइतालाका डोबहरू हराएझैँ
हराउनेछन् अतीतका यादहरू,
बाढीले बगाएर प…र पुर्‍याएपछि
बगरको ढुङ्गो बन्नेछ मान्छेको तस्विर,
कुनै दिन मान्छेले
स्वयम् आफूलाई हराउनेछ ।

त्यो दिन आउनेछ,
हजारौँ लाखौँ वर्षपछि
पुरातत्वविद्हरू मङ्गलगान गर्दै
आउनेछन् अर्को ग्रहबाट
हराएको तस्विर खोज्न ।

दुईवटा जिवित आँखा उत्खनन् हुनेछ-
त्यहीँ भेटिनेछ मान्छेको तस्विर ।

०००
मोरङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
सपना

सपना

भरत गुरागाइँ बर्बरिक
प्रतिशोध

प्रतिशोध

भरत गुरागाइँ बर्बरिक
याे दशैँमा

याे दशैँमा

भरत गुरागाइँ बर्बरिक
साँझ

साँझ

भरत गुरागाइँ बर्बरिक
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख