साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपना

तिबेला मास्तिरबाट बाढी झर्दैछ उताबाट हुरी चल्दैछ व्याधी यतिबेला नै सग्बगाउँदैछ यही चौतारीलाई केन्द्र बनाएर जमिन हल्लिँदैछ ।

Nepal Telecom ad

भरत गुरागाईं बर्बरिक :

झोस्नकै लागि
थापिएको अग्निकुण्डमा
फिर्फिराउँदै फिर्फिराउँदै, नाच्दै नाच्दै
घुमिरहेका पुतलीहरू
झोस्सिँदै झोस्सिँदै मरे
मलाम जाने यो समयमा
तिमी नआएको भए हुन्थ्यो ।

यो बिहान थियो
झिस्मिसे बिहान,
मृत्यु बिस्तराबाट मान्छेहरू
आँखा मिच्दै उठ्दै थिए,
सूर्य आएको थिएन
सडक बत्तीहरू निभेका थिएनन्
चराहरूको चिर्बिराहट शुरु भएकै थिएन,
मान्छेहरू लोक जगाउने सङ्गीत खोजिरहेको थिए
धर्ती उठिनसकेको यो समयमा
तिमी नआएको भए हुन्थ्यो ।
बाल सूर्यलाई सुम्सुम्याउँदै सुम्सुम्याउँदै
जल चढाए पनि
रौद्रतापूर्वक सूर्यले
घोचिरहेको मध्याह्न थियो यो,
मान्छेहरु रुखको सियाल खोजिरहेका थिए
धाप्पिँदै धाप्पिँदै, पसिनाको कवच भिरेर
यो मरुभूमिमा अहिले
तिमी नआएको भए हुन्थ्यो ।
यत्रवत् जिन्दगीलाई विश्राम दिन
मान्छेहरु घर खोज्दै थिए,
दिनभरि मौन बसेको
चूह्लो खोज्दै थिए,
आँसुसँग मुछेर खाँदै थिए दुई गाँस,
विरह र वेदना साटिरहेको
साँझ थियो यो
नजिकैको घाटमा
सूर्य डुबिरहेको यो व्यथित समयमा
तिमी नआएको भए हुन्थ्यो ।
मानौँ सम्पूणर् अचल छ
स्तब्ध छ
समय कहीँ अड्किएको छ
मान्छेहरू कालसँग आत्मसमर्पण गर्दै
रात ओढेर ढलेका छन् ,
यो मध्यरातमा
ऐंठनले गाँजिनका लागि
तिमी नआएको भए हुन्थ्यो ।
यतिबेला मास्तिरबाट बाढी झर्दैछ
उताबाट हुरी चल्दैछ
व्याधी यतिबेला नै सग्बगाउँदैछ
यही चौतारीलाई केन्द्र बनाएर
जमिन हल्लिँदैछ
मान्छेहरू विचार शून्य भएको
यो प्रतिकुल समयमा
तिमी नआएको भए हुन्थ्यो ।

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x