सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रातनीति

“हो त नि अर्काको बूढोलाई त्यत्तिकै नबुझि बूढो भन्न पाईन्छ ? बूढो, बूढो भएको त बूढीलाई मात्र पो थाहा हुन्छ ।”

Nepal Telecom ad

रमेश भान्दाइ :

वनभोज चल्दै थियो । पकाउने पकाउँदै थिए । गफाडीहरू गफ हाँक्तै थिए । गफ राजनीतिदेखि लिएर भातनीति हुँदै रातनीतिसम्म आई पुग्यो ।

कसैले चटकारा लिँदै भन्यो- “अब पुग्यो गफमा नुनचुक ।” अलिकपर तरकारी केलाउँदै गरेका महिलाहरू मुख छोपेर हाँस्न थाले । कोही महिला उठेर हिँडे । कोही अधोनेत्र गर्दै गफमा चाख लिइनै रहे ।

“आ तिमीहरूका रातनीति सुन्नु छैन”- एक पुरुष उठेर हिँड्यो ।

कोही हाँस्तै बोल्यो-“रातनीतिका गफमा बूढाहरूकाे काम छैन, जाऊ जाऊ बूढा ।” त्यहाँ हाँसोको फोहोरा छुट्यो ।

कोही नारी कराइन्- “को हो मेरो बूढालाई बूढो भन्ने ? सुझ न बुझ ।”

अर्की कटाक्ष गर्दै बोलिन्- “हो त नि अर्काको बूढोलाई त्यत्तिकै नबुझि बूढो भन्न पाइन्छ ? बूढो, बूढो भएको त बूढीलाई मात्र पो थाहा हुन्छ ।”

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई
चर्पी चिन्तन

चर्पी चिन्तन

केशव दुवाडी