साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रातनीति

“हो त नि अर्काको बूढोलाई त्यत्तिकै नबुझि बूढो भन्न पाईन्छ ? बूढो, बूढो भएको त बूढीलाई मात्र पो थाहा हुन्छ ।”

Nepal Telecom ad

रमेश भान्दाइ :

वनभोज चल्दै थियो । पकाउने पकाउँदै थिए । गफाडीहरू गफ हाँक्तै थिए । गफ राजनीतिदेखि लिएर भातनीति हुँदै रातनीतिसम्म आई पुग्यो ।

कसैले चटकारा लिँदै भन्यो- “अब पुग्यो गफमा नुनचुक ।” अलिकपर तरकारी केलाउँदै गरेका महिलाहरू मुख छोपेर हाँस्न थाले । कोही महिला उठेर हिँडे । कोही अधोनेत्र गर्दै गफमा चाख लिइनै रहे ।

“आ तिमीहरूका रातनीति सुन्नु छैन”- एक पुरुष उठेर हिँड्यो ।

कोही हाँस्तै बोल्यो-“रातनीतिका गफमा बूढाहरूकाे काम छैन, जाऊ जाऊ बूढा ।” त्यहाँ हाँसोको फोहोरा छुट्यो ।

कोही नारी कराइन्- “को हो मेरो बूढालाई बूढो भन्ने ? सुझ न बुझ ।”

अर्की कटाक्ष गर्दै बोलिन्- “हो त नि अर्काको बूढोलाई त्यत्तिकै नबुझि बूढो भन्न पाइन्छ ? बूढो, बूढो भएको त बूढीलाई मात्र पो थाहा हुन्छ ।”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x