साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्न पनि हुन्न

जिब्रो पातमा राखिएला, सत्य बोल्न लाग्यो भने ज्यानमारा र भ्रष्ट छुट्दा, छुटे भन्न पनि हुन्न ॥

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

चोर भन्दा मुख च्यात्लान्, लुटे भन्न पनि हुन्न ।
आगो बाराबार हुँदा, फुटे भन्न पनि हुन्न ॥

इतिहासको धाक दिन्छन्, उता इतिहास रुन्छ
सर्प न्याउरी दोस्ती बन्छन्, जुटे भन्न पनि हुन्न ॥

पार्टी थोत्रो पाटी बन्यो, बास बस्ने ठाउँ छैन
भयो छिन्नभिन्न गुटले, गुटे भन्न पनि हुन्न ॥

खाने वस्तु देख्नै हुन्न, सिन्का पात जुटाउँछन्
खानैलाई त्यो टपरी, खुटे भन्न पनि हुन्न ॥

कुनै हिंस्रक बाघ जस्ता,कुनै छट्टु स्याल बने
जान्दा जान्दै जङ्गलीलाई, बुटे भन्न पनि हुन्न ॥

कस्ता छान्यौं कावाहरू, सधैँ भोकै रहे जस्ता
भुँडी देख्दा खान नपाइ, टुटे भन्न पनि हुन्न ॥

जिब्रो पातमा राखिएला, सत्य बोल्न लाग्यो भने
ज्यानमारा र भ्रष्ट छुट्दा, छुटे भन्न पनि हुन्न ॥

राजनीति कुटनीति, कहिले सिक्ने होला बरा
नेता जस्तै उचाइ छैन, ठुटे भन्न पनि हुन्न ॥

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x