साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्ञान नयाँ गरायो

कपोल बत्तीस मुजा परेका । आधाजसो दाँत सबै झरेका । कपोल बत्तीस मुजा परेका । आधाजसो दाँत सबै झरेका । खै कान्ति,सौन्दर्य कता विलायो । उमेरले ज्ञान नयाँ गरायो ।

Nepal Telecom ad

कल्पना अधिकारी भट्टराई :

थियो जवानी कति हर्षपूर्ण ।
बन्दै गयो लाग्दछ चूर्ण चूर्ण ।
कस्तो थियो त्यो बल खै हरायो ।
उमेरले ज्ञान नयाँ गरायो ।१।

पचासभन्दा जब माथि चढ्छ ।
शरीरको तागत स्वाट्ट घट्छ।
बिर्सन्छु चस्मा छ कता हरायो ।
उमेरले ज्ञान नयाँ गरायो ।२।

बिहान चाँडै जब नीद खुल्छ ।
दिमाग चारैतिर व्यर्थ डुल्छ ।
यो गर्छु त्यो गर्छु भनी करायो ।
उमेरले ज्ञान नयाँ गरायो ।३।

न हात गोडा सजिलो छ चाल्न ।
थाल्छन् अनेकौँ भय रोग गाल्न ।
सम्झिन्न झन् होश सबै हरायो ।
उमेरले ज्ञान नयाँ गरायो ।४।

सुन्दैन कोही पनि बात आज ।
त्यस्तो हुँदा बन्दछु झन् उदास ।
छोरा बुहारी सँगनै डरायो ।
उमेरले ज्ञान नयाँ गरायो ।५।

कोशौँ भए झैँ छ त्यही पँधेरो ।
टाढा हुँदै जान्छ यही कटेरो ।
आँखा दुबै धूमिल नै बनायो ।
उमेरले ज्ञान नयाँ गरायो ।६।

टेकिन्न राम्रोसित दुख्छ पाउ ।
लडिन्छ हिँड्दा अनि लाग्छ घाउ।
टोक्यो भनी ज्यान पुरै चिलायो।
उमेरले ज्ञान नयाँ गरायो ।७।

कपोल बत्तीस मुजा परेका ।
आधाजसो दाँत सबै झरेका ।
खै कान्ति,सौन्दर्य कता विलायो ।
उमेरले ज्ञान नयाँ गरायो ।८।

नसा र नाडी पनि गल्न थाल्यो ।
अनिष्ट झन् झन् किन बढ्न थाल्यो ।
पुग्दैन इच्छा मन यो जलायो।
उमेरले ज्ञान नयाँ गरायो ।९।

०००
टोखा १०, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
नसम्झ सासू , किन बन्दिनन् मुमा

नसम्झ सासू , किन...

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x