साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँझ

रात त रात नै भैहाल्यो, बिहान पनि दिउँसो पनि त्यो कालो घाम बोकेर आउँछ । त्यसले उमङ्ग खाएको छ बैंस खाएको छ । सपना खाएको छ हाम्रो, हामी घोर ऐंठनले थिचिएका छौँ ।

Nepal Telecom ad

भरत गुरागाईं बर्बरिक :

त्यो आएपछि हामी एकदम भयभीत हुन्थ्यौँ
हामीलाई कल्र्याप्प निल्नेगरी आउँथ्यो त्यो,
उहिल्यैको कुरा हो ।
त्यो आएपछि हाम्रो हार निश्चित थियो
दिनभरि हामीले जम्मा गरेका सामान छरिन्थ्यो
भाँडाकुटीका भाँडाहरू पट्याकपुटुक फुट्थे
तन्मयताकासाथ बनाएको घर भत्किन्थ्यो
जतनले जोडेको सम्बन्ध टुट्थ्यो ।
त्यो आएपछि हामी एक्लाएक्लै घर जान्थ्यौँ ।
त्यसले त च्याप्दै च्याप्दै
समयलाई चाउरी पारिसकेछ ।
हिजोआज त्यसले हामीलाई छोड्दै छोड्दैन,
स्थायित्व बोकेर आएको छ
फर्किएर जाँदै जाँदैन,
रात त रात नै भैहाल्यो,
बिहान पनि दिउँसो पनि
त्यो कालो घाम बोकेर आउँछ ।
त्यसले उमङ्ग खाएको छ
बैंस खाएको छ
सपना खाएको छ हाम्रो,
हामी घोर ऐंठनले थिचिएका छौँ ।
त्यो फर्किन छोडेदेखि
हाम्रो जिन्दगी
जिन्दगी जस्तो छैन ।

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x