साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिशोध

कमसेकम अहिले नचलाऊ मलाई । मेरो निद्रा भङ्ग भयो र म फेरि युद्धमा फर्किएँछु भने युद्ध विरुद्ध नै प्रतिशोधको प्रलयकारी बाढी उर्लिनेछ । बिल्कुल नजिस्क्याऊ मलाई ।

Nepal Telecom ad

भरत गुरागाईं बर्बरिक :

अनर्थक युद्ध लड्दा लड्दा थाकेको छु
एकछिन नचलाऊ मलाई ।

मैले युद्ध लड्दा
प्रयोग गरेका सामग्रीहरूले
मेरो घृणा र पश्चात्तापको डिग्री बढाइदिन्छन् ,
म स्वयं बल्दो अग्निसमान बनिदिन्छु,
त्यसैले ती सामग्रीहरू
कुनै खोलामा विसर्जन गरिदिए हुन्छ,
जङ्गलको कुनै रुखमा झुण्ड्याइदिए हुन्छ,
अथवा फ्याँकिदिए हुन्छ
कुनै अग्निकुण्डमा ।

कमसेकम अहिले नचलाऊ मलाई ।
द्रौपदीको चाउरिएको अनुहारमा
पटक्कै कान्ति थिएन,
कहीँ कतै विजयी हुनुको खुशी थिएन,
कृष्णको कुटिलता पढ्न नसकेर नै हो
भीष्मले बाणशैयामा सुत्नु परेको,
कालजयी अश्वत्थामा मरेको
झुठो बयान दिने युधिष्ठिरले
कलिला सपना सजाएको बालक अभिमन्युलाई
युद्ध मोर्चामा घचेटेको कथा माथि
अघोर घिन छ मलाई ।

लामो विश्राम र गहिरो निद्रामा डुब्न चाहन्छु
कमसेकम अहिले नचलाऊ मलाई ।
मेरो निद्रा भङ्ग भयो र
म फेरि युद्धमा फर्किएँछु भने
युद्ध विरुद्ध नै प्रतिशोधको
प्रलयकारी बाढी उर्लिनेछ ।
बिल्कुल नजिस्क्याऊ मलाई ।

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x