साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्यटक

हिसावमा यसै त कमजोर म, पाँच पाँच वर्षको फरक लाउँदा पनि दुइटा नमिलेको जस्तो लागेर सोधेँ, “कोही कोही त दुई वा तीन वर्षको फरकमा छन् त ?” “ऊ क्या ! मध्यावधी हो कि के जाति चुनाउ आउँथ्यो तो !”

Nepal Telecom ad

डा. कुसुमाकर शर्मा गौतम :

“छोरा छोरी धेरै छन् कि क्या हो ?”
विदेशी साथीहरूसँग गुरिल्ला पदमार्गको यात्रामा थिएँ । श्रीकोटमा बास बसेको होटल मालिक्नीलाई साँझको खाना खाँदै गर्दा सोधेँ ।
“छन् गोडा छएक छार्छारी ।” ओढेको बर्की मुखतिर लाँदै उनले उत्तर दिइन् ।
“छोरा छोरी कति उमेरका भए नि ?” काखमा रहेको बच्चादेखि लक्का जवानसम्मलाई इङ्गित गर्दै सोधेँ ।

“जेठो एक कम बीस, ठूली चौद, माइली नौ, माइलो सात, कान्छी चार, ह्वाँसी यो स्यानो डेर ।” उनले पुलुक्क मेरो मुखतिर हेर्दै भनिन् ।

“यति कलिलै उमेरमा ?”

“स्यानैमा ब्या भो । बाले सुख हुन्छ भनेर सौतामा हाल्दिए ।” सहज उत्तर आयो ।

“श्रीमानलाई देखिनँ त !” मैले कुरो अझै उधिनेँ ।

“कि सदरमुकाममा हुनन्, कि ता काठमाडौं । उता पनि घरबारे छन् ।” अलि अलि खुल्न थालिन् उनी ।

“ओहो ! तीन तीन ठाउँमा घर परिवार ! आखिर के काम गर्नु हुन्छ त तपाईंका श्रीमान ?” मेरो जिज्ञासा बढ्दै गयो ।

“छार्छारीको उमेर थाहा पाएर आफै जान्नु पर्ने नि !”
फेरि उनैले भनिन् “के जाति सांसद हुन् क्या ! चुनाउ आयो भने आउँचन् । डेर, दुई महिना बस्चन । चुनाउ सक्केसी जान्चन् ।”

हिसावमा यसै त कमजोर म, पाँच पाँच वर्षको फरक लाउँदा पनि दुइटा नमिलेको जस्तो लागेर सोधेँ, “कोही कोही त दुई वा तीन वर्षको फरकमा छन् त ?”

“ऊ क्या ! मध्यावधि हो कि के जाति चुनाउ आउँथ्यो तो !”

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पार्टी

मुखियाको पार्टी

डा.कुसुमाकर शर्मा गाैतम
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
सम्मान

सम्मान

डा.कुसुमाकर शर्मा गाैतम
इच्छा मरण

इच्छा मरण

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x