डा.कुसुमाकर शर्मा गाैतमपर्यटक
हिसावमा यसै त कमजोर म, पाँच पाँच वर्षको फरक लाउँदा पनि दुइटा नमिलेको जस्तो लागेर सोधेँ, “कोही कोही त दुई वा तीन वर्षको फरकमा छन् त ?” “ऊ क्या ! मध्यावधी हो कि के जाति चुनाउ आउँथ्यो तो !”

डा. कुसुमाकर शर्मा गौतम :
“छोरा छोरी धेरै छन् कि क्या हो ?”
विदेशी साथीहरूसँग गुरिल्ला पदमार्गको यात्रामा थिएँ । श्रीकोटमा बास बसेको होटल मालिक्नीलाई साँझको खाना खाँदै गर्दा सोधेँ ।
“छन् गोडा छएक छार्छारी ।” ओढेको बर्की मुखतिर लाँदै उनले उत्तर दिइन् ।
“छोरा छोरी कति उमेरका भए नि ?” काखमा रहेको बच्चादेखि लक्का जवानसम्मलाई इङ्गित गर्दै सोधेँ ।
“जेठो एक कम बीस, ठूली चौद, माइली नौ, माइलो सात, कान्छी चार, ह्वाँसी यो स्यानो डेर ।” उनले पुलुक्क मेरो मुखतिर हेर्दै भनिन् ।
“यति कलिलै उमेरमा ?”
“स्यानैमा ब्या भो । बाले सुख हुन्छ भनेर सौतामा हाल्दिए ।” सहज उत्तर आयो ।
“श्रीमानलाई देखिनँ त !” मैले कुरो अझै उधिनेँ ।
“कि सदरमुकाममा हुनन्, कि ता काठमाडौं । उता पनि घरबारे छन् ।” अलि अलि खुल्न थालिन् उनी ।
“ओहो ! तीन तीन ठाउँमा घर परिवार ! आखिर के काम गर्नु हुन्छ त तपाईंका श्रीमान ?” मेरो जिज्ञासा बढ्दै गयो ।
“छार्छारीको उमेर थाहा पाएर आफै जान्नु पर्ने नि !”
फेरि उनैले भनिन् “के जाति सांसद हुन् क्या ! चुनाउ आयो भने आउँचन् । डेर, दुई महिना बस्चन । चुनाउ सक्केसी जान्चन् ।”
हिसावमा यसै त कमजोर म, पाँच पाँच वर्षको फरक लाउँदा पनि दुइटा नमिलेको जस्तो लागेर सोधेँ, “कोही कोही त दुई वा तीन वर्षको फरकमा छन् त ?”
“ऊ क्या ! मध्यावधि हो कि के जाति चुनाउ आउँथ्यो तो !”
०००
Subscribe
Login
0 Comments
Oldest






































