सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यस्तै चप्पल लाउँथे

नयाँ कार नयाँ गाडी फेर्न दैनिक हेर्दछन् कार मात्रै कहाँ हाे र ...नी पनि फेर्दछन् । तिनै छन् आजका राजा तिनै छन् देशका मुली देश उत्थान जाे गर्छ के त्याे हुन्छ र मामुली ?

Nepal Telecom ad

हाेम सुवेदी :

देशै बेच्लान् भनेजस्ताे ठान्दछन् अधिकार छ
दुष्कर्मबाट जाेडेकाे सुनैकाे दरबार छ ।

तिनै नेता कुनै बेला यस्तै चप्पल लाउँथे
जनवादी मिठाे भाका हालेर गुन्गुनाउँथे ।

पाए खान्थे ढिँडाे राेटाे नपाए पटुका कसी
दुखीका घरमा पस्तै काम गर्थे घुँडा धसी ।

अहिले ती महाराजा बन्दैछन् भव्य दिग्गज
भान पर्दछ साँढे नै उघ्राएछ कि गज्गज ।

नयाँ राजा बनेका छन् भुरे र टाकुरेहरू
पजेराेबाट ओर्लन्नन् हिजाेका धतुरेहरू ।

साँढेमा र यता हाम्रो नेतामा छैन अन्तर
नेताका रूपमा हामी साँढे पाल्छौँ निरन्तर ।

गुफामा पहिले बस्थे अहिले दरबार छ
काँचुली फेरिएजस्ताे तिनकाे अनुहार छ ।

नयाँ कार नयाँ गाडी फेर्न दैनिक हेर्दछन्
कार मात्रै कहाँ हाे र …नी पनि फेर्दछन् ।

तिनै छन् आजका राजा तिनै छन् देशका मुली
देश उत्थान जाे गर्छ के त्याे हुन्छ र मामुली ???

०००
भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल