साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तै चप्पल लाउँथे

नयाँ कार नयाँ गाडी फेर्न दैनिक हेर्दछन् कार मात्रै कहाँ हाे र ...नी पनि फेर्दछन् । तिनै छन् आजका राजा तिनै छन् देशका मुली देश उत्थान जाे गर्छ के त्याे हुन्छ र मामुली ?

Nepal Telecom ad

हाेम सुवेदी :

देशै बेच्लान् भनेजस्ताे ठान्दछन् अधिकार छ
दुष्कर्मबाट जाेडेकाे सुनैकाे दरबार छ ।

तिनै नेता कुनै बेला यस्तै चप्पल लाउँथे
जनवादी मिठाे भाका हालेर गुन्गुनाउँथे ।

पाए खान्थे ढिँडाे राेटाे नपाए पटुका कसी
दुखीका घरमा पस्तै काम गर्थे घुँडा धसी ।

अहिले ती महाराजा बन्दैछन् भव्य दिग्गज
भान पर्दछ साँढे नै उघ्राएछ कि गज्गज ।

नयाँ राजा बनेका छन् भुरे र टाकुरेहरू
पजेराेबाट ओर्लन्नन् हिजाेका धतुरेहरू ।

साँढेमा र यता हाम्रो नेतामा छैन अन्तर
नेताका रूपमा हामी साँढे पाल्छौँ निरन्तर ।

गुफामा पहिले बस्थे अहिले दरबार छ
काँचुली फेरिएजस्ताे तिनकाे अनुहार छ ।

नयाँ कार नयाँ गाडी फेर्न दैनिक हेर्दछन्
कार मात्रै कहाँ हाे र …नी पनि फेर्दछन् ।

तिनै छन् आजका राजा तिनै छन् देशका मुली
देश उत्थान जाे गर्छ के त्याे हुन्छ र मामुली ???

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x