सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मै छोरी सुन्दरी !

धन्न ! मेरा बाबा, मामु पाखे पाराको होइसिन्न । मलाई आधुनिक पोशाक जस्तो भने पनि किनिदिसिन्छ । म केही समयपछि त नेपाल सुन्दरी हुन्छु । मेरा अघि–पछि धनाढ्य सुन्दर युवकहरू हुनेछन् ।

Nepal Telecom ad

हरिकला उप्रेती :

विद्या ! म विश्वसुन्दरी भएरै छाड्छु । आफ्नो सुन्दरताको चर्चाले प्रख्यात हुनैपर्छ । पढेर काम छैन, काम भए दाम छैन । धेरै पढ्ने विद्वान् महिलाहरू कति छन् कति ! खै त कसैको नाम चर्चित भएको ? एकपटककी घोषित सुन्दरीको पुस्तौंपुस्ता चर्चा चलिरहन्छ । सुन्दरीको ताज पहिरिएका परीहरू नै नायिका बन्छन् । अनि पछिसम्म नै फिल्मी क्षेत्रमा रमाउँछन् । सके देशमा कमाउँछन् नसके विदेशमै रमाउँछन् ।

अब त म मेरा लागि पनि १३ वर्ष लागिसके । वनको काँडालाई तिखार्नुपर्दैन भनेझैं म त्यत्तिकै पनि राम्री छु । तिँमाथि ती सुन्दरीको जस्तै सिँगारिएर सिङ जोड्न पाउँदा त होक्काँ गरेर हार्नै पर्दैन !

अहिले त सुन्दरी प्रतियोगिता पनि गाउँ, टोल, सहरहरू जहिँतहिँ हुन थाले । नेपाल सुन्दरीको छनौट हुन थालेको पनि दसक बितिसक्यो । विश्वसुन्दरी हुनलाई नेपाल सुन्दरी हुनुपर्यो । मिस नेपाल हुने कुरामा त शङ्कै छैन ।

उचाईमा म झण्डै तीनफुट पाँच इञ्च छु । पाँच इञ्चको हिल लगाउँछु, चार फुट त भैहाल्छु । नेपाली केटीको सरदर उचाई नै त्यही हो । अझ म त विश्वकै अग्लो सगरमाथाको देशमा जन्मेकी अग्लो हेर्नु परे सगरमाथा र राम्री हेर्नु परे म छँदैछु । म काली–काली भए पनि हिस्सी परेको छु रे ! जिउ पनि ठिक्कै छ, ८० केजी ओजन त चाहिन्छ । नचाहिए स्लिम बन्ने उपाय अपनाउँला, केही छैन । बाबा, मामुले पनि हाम्री नानु कत्ति राम्री छ भनि–सिन्छ । पक्कै पनि नराम्री त म छुइनँ नि !

सुन्दरी हुनका लागि त फेशन शो, सुन्दरी प्रतियोगिताजस्ता कार्यक्रम हेर्न छुटाउनै हुँदैन । अनि सँगसँगै त्यसको नक्कल पनि गर्नैपर्छ । क्याटवाक गर्दै हिंड्न, बोल्न, खान, लाउनजस्ता कुरामा अहिल्यैदेखि सिक्दै जानुपर्छ । ‘जोश र जाँगर मच्चाउन सके धर्तीको बाँझो फोर्न सकिन्छ, मनमा दृढ अठोट भए क्षितिजपारि पुग्न सकिन्छ’ भनेझैं गर्दा नहुने केही छैन ।

अब आउँदो नेपाल सुन्दरी प्रतियोगितामा म पनि भाग लिन्छु । पैसा पनि कमाइने, सुन्दरी पनि कहलाइने । हैन यसको आयोजना गर्ने साँच्चैको सामाजिक संस्था रहेछ । यत्रो चर्चित काम गर्न कति कठिन होला । हामी युवतीहरूका लागि आफ्नो क्षमता देखाउने चाँजो मिलाएर ठूलो कल्याण गरेको छ । काठमाडौं जेसिस र हिडेन ट्रेजरले ।

महिलालाई सम्मान छैन, हक अधिकार छैन भन्छन् महिला पार्टीहरू । तात्तो न छारो । औंलो दिंदा डुँडुलै निल्न खोज्नु त हुँदैन नि !

फेरि केही महिलाहरू नै मनपरी बोलेर विरोध पनि गर्दैछन् रे ! आफू कुरूप हुनेहरू नै पक्कै डाहाले विरोध गर्दा हुन् । कतै बुझ्ने पुरुषहरूले हाम्रो चाहिँ सुन्दर प्रतियोगिता सुन्दरी जति जम्न सकेको छैन भनेर उचालेको हो कि, कुरा बुझ्दैनन् । आफ्नो भलो हुने कुरामा आफैं विरोध गर्छन् । फेरि ती विरोध गर्ने महिला सबै वृद्धाहरू नै होलान् ।

विरोध गर्नेले पहिला आफ्नो अनुहारमा ऐना फर्काउनु पर्यो नि । ठिटी केटीहरू कति राम्रा हुन्छन्, अनि त हाम्रो भाउ घट्छ, हामीलाई कसैले हेर्दैन भनेर पो विरोध गरेका होलान् है ! ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ ।

ओहो ! उहिले उहिले त जस्तै गर्मी भए पनि जिउभरि लुगा लाउनुपथ्र्यो रे ! जेठाजू देख्दा टाउकाभरि कपाल भए पनि तालु छोप्नैपर्ने रे । ती विरोधीलाई त्यस्तै ठीक थियो । खूब समाजको परिवर्तन चाहने भएका मूर्खहरू ।

आजभोलि क्या आनन्द छ । एकातिर खर्च पनि कम लाग्ने आधा मिटर कपडा भयो भने तलमाथि सबै पुग्छ । खै कसैको इज्जत गएको छैन । कति राम्रो सुहाएको छ ।

धन्न ! मेरा बाबा, मामु पाखे पाराको होइसिन्न । मलाई आधुनिक पोशाक जस्तो भने पनि किनिदिसिन्छ । म केही समयपछि त नेपाल सुन्दरी हुन्छु । मेरा अघि–पछि धनाढ्य सुन्दर युवकहरू हुनेछन् । मसँग प्रेमको र विवाहको प्रस्ताव राख्नेछन् । तर म नेपाल सुन्दरी मात्र हैन विश्व सुन्दरी बन्नेछु । अनि मात्र विश्वकै सुन्दर युवकसँग विवाह गर्नेछु । म मेरो देशको इज्जत राख्नेछु । विश्वको सामु आफू र आफ्नो देशलाई चिनाउनेछु ।

अनि त मेरा आफन्तहरूले पनि गौरव गर्नेछन् । नजिकको नाता लगाउनेछन् । अझ मेरा बाबा, मामुको त हर्षको सीमा नै तोडिन्छ । विश्व सुन्दरी छोरी जन्माउने हामी कति भाग्यमानी भन्दै मख्ख परिसिन्छ होला । बरू यो विश्वको परिभाषा पो के राखौं ? घरभरिलाई विश्व भनौं कि हलभरिलाई ?

०००
फित्काैलीमा पहिलाेपटक प्रविष्ट भएकाे मिति: चैत १८, २०७०

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
हेल्मेट जात्रा

हेल्मेट जात्रा

हरिकला उप्रेती
सहरको बास सत्यनास

सहरको बास सत्यनास

हरिकला उप्रेती
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे