साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहरको बास सत्यनास

तर सहरी दाँजोमा ती नाथे त “नौमतीका अगाडि सारङ्गीको र्‍याईं र्‍याईं” न ठहरे । यहाँ त कामदेखि दामसम्म, रामदेखि हरामसम्म, नेतादेखि नातासम्म र मतीदेखि श्रीमतीसम्म सबै चुस्ने र डस्ने मात्र ।

Nepal Telecom ad

“गाउँको बास बाँच्ने आस सहरको बास सत्यनास” भन्ने उक्ति कुन जुक्तिवाल जीवले जुरायो होला । आज ती त्रिकालदर्शी महर्षिसँग साक्षात्कार भए, म सहरको रहर कालत्र नलाग्ने गरी गाउँ फर्कने उपाय सोध्ने थिएँ । खै ! कुन जुनीका पापले हो जिउँदै सहरको बास भयो ।

“मरेपछि नर्ककै बास होस् तँ असतीको” भन्दै अमलेकी आमै आफ्नै बुहारीलाई धारेहात पारेर सराप्थिन् । उ बेला बूढीलाई सहरका आम्दानीको खण्डहर, महँगीको जहर र बेथितीका तरको हेक्का थिएन । नत्र त्यो नाथे नर्क सर्कबाट सर्लक्क फर्केर कालले बोलाउनु अघि एक पटक सहरको बास भएरै छाडोस् भन्दिहुन् ।

उ बेला ती पुराना कुरा पङ्गु भैहाले । अहिले सम्झँदा सरम लाग्छ । बाले बेलैमा ए बले ? शहर पस्न बल नगर बाबै ! भलो हुँदैन । तँ त मेरो छोरो पो त, जोरीपारीको सेखी झार्ने । मेलाको गिँडो र कुलको बिँडो थाम्ने । काँधीकाठ गरेर वैतरणी तार्ने भन्या थे । मेरा बाउ बिचरा ! लामपाते सुर्तीका पारखी र दमका सारथी । त्यही बोली बोल्दा बोल्दै, लहरे खोकीले बालाई झन्डै बोलायो । धुम्बे धामीले धुपध्वाँर गरेर धुमधामसँग मसान मुन्साएपछि दोहोरो सास फेरेर आश देखाए । म भने, सहरको रहरले बुल्केको बले के रोक्न सक्थे र, बिचरा बाले । बाउका बिन्तीको गन्ती नै नगरी, ‘भदौको डिगँे’ झैँ बुकुर्सी मार्दै म पुगेँ सहरमा । पुगे पनि के भन्नु ? अन्धाधुन्द अनमरिएँछु र अहिले खन्मरिएँ सहरको रातो तातो ताप्केमा ।

हुन त सहरमा सग्ला पक्षहरू पनि नभएका होइनन् । उ बेला आउनासाथै सहरको चिनारी र मेरो सहरीपनको किनारी काइदाले कोल्टो फिर्‍यो । बुच्चो कानमा मुन्द्रो चड्यो, कपाल बढ्यो र पाइन्ट झर्‍यो । शरीरमा सर्लक्कै आधुनिकता सर्‍यो र मुखमा कोद्रस पर्‍यो । बाउ बितेको खबर पाउनेबित्तिकै, घर जाने घनघोर आपत्तिलाई क्यान्सिल गरियो । किरियालाई पनि सेन्सर गरेर, एक दिन सुद्ध ममको फलाहार बसेर फत्ते गरियो । बुद्धि र विवेकको चौतर्फी विकास भयो ।

उतै हुँदा पनि चुस्ने र डस्नेसँग राम्रै चिनारी थियो । उडुस, उपियाँ, लामखुट्टे, गोमन र भुसुनाहरूसँग । तर सहरी दाँजोमा ती नाथे त “नौमतीका अगाडि सारङ्गीको र्‍याईं र्‍याईं” न ठहरे । यहाँ त कामदेखि दामसम्म, रामदेखि हरामसम्म, नेतादेखि नातासम्म र मतीदेखि श्रीमतीसम्म सबै चुस्ने र डस्ने मात्र ।

तीन मैनाअघि ग्याँसका सिलिन्डर साहुलाई सुम्पिएँ । उनले अहिलेसम्म आफन्तकै अड्को फुकाएँ । आज तीन मैनापछि दुईवटै रित्ता सिलिन्डर इमानदारसाथ आफ्नै हात लाएँ । चार दिनदेखि चिउरा र दालमोठको भरमा ओठ सुकाउँदै मेरी सात दिनकी सुत्केरी श्रीमती सुँक्कसुँक्क गर्दैछ । म मोरो अभागी आठ घण्टादेखि रित्तो ग्यालेन हल्लाउँदै हल्लनपुरी भएर मट्टितेलको लाइनमा लामबद्ध छु । खाउँ खाने कुरा छैन । जाउँ जाने बाटै छैन । साँच्चै भन्या हामी सहरबासीको त एकैचोटि सामुहिक निधन हुने भयो ।

हे ईश्वर ! किन यत्रो पक्षपात गर्‍यौ हँ ? किन ? पहाड र मधेसमा जन्मायौ ? किन ? कालो, गोरो, नेप्टो, चेप्टो र चुच्चे बनायौ ? किन ? बाल, युवा, वृद्ध, महिला पुरुष र जातजातको बनायौ ? हे पापिष्ट सृष्टिकर्ता ? तिम्रो पापको परिणाम हामीले किन र कहिलेसम्म बेहोर्नु हँ ?
०००
हाल, काठमाडौं

(फित्कौली डटकममा वि.सं.२०७० कात्तिक २५ सोमवार प्रविष्ट गरिएको थियो)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x