साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली शृङ्खला -२

चाहिन्छन् वृद्ध बन्दा मनमगज छुने दौँतरी वृद्धसाथ साटिन्छन् कल्पनाका रहर कहर जो छैन टन्टा उदात्त खोजी गर्ने कलाका कुसुमपल छटा नित्य खुल्ने प्रभात

Nepal Telecom ad

देवीप्रसाद यस्तो ठान्छ !

भाग्यो आनन्द भर्दै छुनुमुनुपनमा बाल्यको वर्ष वेला
गर्थे माया सबैले सुखसयल पला हर्षको वारवेला
काया बढ्दै रमायो युवकपल छटा दौँतरीमा भुलेर
बिर्स्यो माया सबैको युवक र युवती प्रेममाला बुनेर !!
(६)

जोडा-तोडा मिलायो अपुग छ घरमा चाहियो अर्थ मेला
लाला-बाला र साला रहर कहरमा भासियो प्रौढ वेला
खाली भाँडा र ठाँडा सबतिर चुहुँदा नित्य लाग्ने फसाद
साठी काटेर आयो अति सहज पला ठान्छ देवीप्रसाद !!
(७)

हुर्के लाला र बाला कठिन दिन गए गर्नु पर्ने विवेक
छन् जिम्मेवार हाम्रा तर सुखद पला थाम्नलाई अनेक
धेरै छन् भुल्नु पर्ने हृदयबिच रुखा उब्जिएका प्रमाद
राख्ने सद्भाव राम्रो घर-पर सबमा ठान्छ देवीप्रसाद !!
(८)

बढ्दा यो वृद्ध वेला दिनपल कतिले जीवनीका तरङ्ग
सक्दैनन् थाम्न बन्छन् कद-पद नचिनी व्यग्रतामा भरङ्ग
के हो कर्तव्य मेरो कति छ बलबुता चिन्न बिर्से विषाद
बढ्ने झन् वृद्धवृद्धासँग जहर पला ठान्छ देवीप्रसाद !!
(९)

चाहिन्छन् वृद्ध बन्दा मनमगज छुने दौँतरी वृद्धसाथ
साटिन्छन् कल्पनाका रहर कहर जो छैन टन्टा उदात्त
खोजी गर्ने कलाका कुसुमपल छटा नित्य खुल्ने प्रभात
झुल्ने पूर्णेन्दु शोभा झलल हृदयमा ठान्छ देवीप्रसाद !!
(१०)
(क्रमशः)

०००
२०७९/९/२६
सोह्रखुटटे, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x