साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो लेख्दिन अब

भाे लेख्दिन अब बाङ्गा, टिङ्गा बेढङ्गे र नाङ्गा कविता कवितामै कम्मर मर्काइ नाच्ने कविता लेख्दिन भो युगौँ युग बाँच्ने कविता ।

Nepal Telecom ad

हरिकला उप्रेती :

भो लेख्दिन अब
युवा विदेशिएर
देश रित्तिएको कविता ।
बाकसमा लास भित्रिएर
विरक्तिएको कविता ।
ऋणको पहाडले थिचेर
गरीबले घाँटी कसेको कविता ।
डबल डिग्री लिएको
छोरो बेरोजगार भएर
कुलतमा फसेको कविता ।
भो लेख्दिन अब ।

भो लेख्दिन अब
कुपोषणले कलेंटी परेको ओठ र
कार्यकर्ताले नहालेको
भोटको कविता ।
सुटुक्क लिएको नोट र
मायालुले दिएको
चोटको कविता ।
डडेलोले डढेको डाँडो
खाली पेट र रित्ताे भाँडाेँकाे कविता
भो लेख्दिन अब ।

भो लेख्दिन अब
रातारात फल्ने र
दिनदिनै ढल्ने
छद्मभेशी
यो सरकारको
छेपारे कविता
भ्रम छर्दै र
सट्टापट्टा गर्दै
नाम र दाम हर्ने
हरामी चम्चेको
चेपारे कविता
भो लेख्दिन अब ।

भो लेख्दिन अब
ठुलै पार्टीमा पसेर
नेतृत्वमा बसेर
राजनैतिक जात
मिलाएको
गर्भिलो कविता ।
मायालु कार्यकर्तालाई
कार्यभार सुम्पदै
नछुट्ने साथ दिलाएको
दर्विलो कविता ।
सुनलाई पित्तल पार्ने र
हिरोलाई जिरोमा
झार्ने झल्लु कविता ।
ह्वाँ गर्दै भ्रम छर्दै
गुहार माग्ने कविता ।
ग्वाँ गर्दै शरण पर्दै
भुल सुधार गर्ने कविता ।
भो लेख्दिन अब ।

भो लेख्दिन अब
हिमाल, पहाड, तराई र
भ्यू टावरको कविता ।
बा, आमा, भेना र
भाउजूका पावरको कविता ।
तक्मा, पिर्का, कुर्सी र
सलामीको कविता ।
रक्सी, मासु, फरिया र
मलामीको कविता ।
भ्रष्ट, तस्कर, भिखारी र
भरियाको कविता ।
भो लेख्दिन अब ।

भो लेख्दिन अब
घाम, छायाँ, आकाश र
कैलाशको कविता ।
नागरिकता, पासपोर्ट,
फ्री भिषा ग्रिनकार्ड र
व्यपारीको कविता ।
खाल्डो पार्ने र पुर्ने
खाट्टी कविता ।
गौँडै पिछे गाँठ झार्ने
गाँठी कविता ।
भो लेख्दिन अब ।

भो लेख्दिन अब
पुराण, कुरान, झाँक्री र
बोक्सीको कविता ।
थिच्या, मिच्या, घोच्या र
देश बेच्या कविता ।
भो लेख्दिन अब ।

भाे लेख्दिन अब
बाङ्गा, टिङ्गा बेढङ्गे र नाङ्गा कविता
कवितामै कम्मर मर्काइ नाच्ने कविता
लेख्दिन भो
युगौँ युग बाँच्ने कविता ।

०००
तेह्रथुम, हाल भक्तपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
PUNYA MAINALI
PUNYA MAINALI
1 year ago

Wow!

Devilal gaihre
Devilal gaihre
1 year ago

Good poem

Nepal Telecom ad
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
हेल्मेट जात्रा

हेल्मेट जात्रा

हरिकला उप्रेती
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
2
0
Would love your thoughts, please comment.x
()
x